काठमाडौंका सबै फुटपाथ पसल हटाइँदै

काठमाडौंका सबै फुटपाथ पसल हटाइँदै

  • आइतवार, बैशाख ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं, बैशाख ३ ।
काठमाडौं महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले सडक अनुशासनलाई कडाइका साथ लागू गर्न फुटपाथमा राखिएका सबै पसल हटाउने कार्यलाई तीव्रता दिइएको छ ।

फुटपाथमा राखिएका पसलहरूका कारण सडकमा हिँड्दा धेरै गा¥हो हुने तथा दुर्घटना हुनसक्ने भएकाले फुटपाथबाट मानिसलाई सजिलो तरिकाले हिडाउँन काठमाडौंका महानगरपालिकामा रहेको फुटपाट पसल हटाउन लागेको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मिङमार लामाले ट्राफिक प्रहरी, नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको सहयोगमा चैत्र २८ गतेदेखि फुटपाथमा रहेका पसलहरू हटाउने कार्य थालिएको बताएका छन् ।

उनले सडक सुरक्षाका लागि एक महिनासम्म जनचेतना जगाउने कार्यक्रम र उल्लङ्घन गरे कानुनी कारबाहीका बारेमा चेतना मुलक कार्यक्रम सञ्चालन गर्ने स्पष्ट पारेका छन् ।

यस्तै, काठमाडौं महाशाखाले बैशाख १ गतेदेखि हर्न बजाउन निषेध गरेपछि सवारी चालक सजग भएर सवारी चलाउन थालेको र यसबाट दुर्घटनामा केही कमी आएको जनाएको छ ।

काठमाडौं महाशाखाका प्रमुख लामाले अनावश्यक हर्न बजाउने दैनिक दुई सयभन्दा बढी सवारी साधनलाई कारबाही गरेको बताएका छन् ।ट्राफिक प्रहरीको नयाँ नीति नियमअनुसार अत्यावश्यक अवस्था र घुम्ती ठाउँमा बाहेक अन्य स्थानमा हर्न बजाउन निषेध गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ