भक्तपुर व्यापार मेला : रु. दश करोडको कारोबार गरी सम्पन्न

भक्तपुर व्यापार मेला : रु. दश करोडको कारोबार गरी सम्पन्न

  • आइतवार, बैशाख ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

भक्तपुर, बैशाख ३ ।
भक्तपुर नगरपालिकाको सल्लाघारीमा चैत्र २२ गतेदेखि १२ दिनसम्म सुरु भएको तेश्रो औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

औद्योगिक शान्ति नेपालद्वारा आयोजित सो व्यापार मेलामा चार लाख मानिसले अवलोकन गरेको आज आयोजित समापन कार्यक्रममा संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिएका छन् ।

उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले दुई सय २५ स्टल राखिएको मेलामा दैनिक चर्चित कलाकारको साङ्गीतिक प्रस्तुति एवं सामानमा ४० प्रतिशतसम्म छुट दिएकाले उपभोक्ताको घुइँचो लागेको आयोजक संस्था मध्यपुर ब्वाइज ब्याण्डका सुनिल बज्राचार्यले जानकारी दिए ।

मेलामा सयभन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारले हाँश्यव्यङ्ग्य, प्रहसन, गीत, नृत्य, जादुगरलगायत प्रस्तुतिका साथै नृत्य प्रतियोगिता सञ्चालन गरिएकै कारण पनि सहभागीको उत्साहजनक सहभागिता रहेको मेलाका संयोजक दीपक थापाले जानकारी दिए । मेलामा दैनिक उपभोग्य सामग्री, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री, पर्यटन प्रबद्र्धन गर्ने स्टल, खेल सामग्री, अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल, इलेक्ट्रोनिक्सलगायत सामानको स्टलहरू राखिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी