मानव बेचबिखनमा वृद्धि

मानव बेचबिखनमा वृद्धि

  • आइतवार, बैशाख ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं, बैशाख ३ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उपलब्ध गराएको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७१ र ७२ मा एक सय ८१ वटा मानव बेचबिखनको मुद्दा दर्ता गरिएकामा आर्थिक वर्ष २०७२ र ७३ मा वृद्धि भई दुई सय १८ पुगेको छ ।

काभ्रेपलाञ्चोक, नुवाकोट, रामेछाप, मकवानपुरलगायत स्थानका नागरिक वैदेशिक रोजगारीको प्रलोभनमा पछिल्लो समयमा मानव बेचबिखनको संख्या बढ्दै गएको पाइएको छ ।

भूकम्प प्रभावित क्षेत्रका मानिस रोजगारीका लागि बाहिर गएकामा सबैभन्दा बढी महिलाहरू जोखिममा परेको देखिन्छ । प्रहरी चौकीमा दर्ता परेका आधारमा अनुसन्धान गरी अदालतमा मुद्दा चलाएका छन् ।

दलालले गाउँलेलाई रोजगारी तथा पैसाको प्रलोभन देखाएर भारतका चेन्नई, चण्डीगढ र नयाँ दिल्लीमा लगेर बिक्री गरेको पाइएको छ भने मानव बेचबिखनमा आर्थिक अवस्था कमजोर हुनेहरूको मिर्गौला कारोबार दिनदिनै बढ्दै गइरहेका छन् ।

मिर्गौला बेचबिखनमा ब्राम्ह्ण, जनजाति र दलित समुदायका मानिसहरू बढी रहेका छन् । तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्मको लोभ देखाइए तापनि ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म उपलब्ध गराइने अनुसन्धानमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ