नेपालगञ्जको तापक्रम ३८ डिग्री सेल्सियस

नेपालगञ्जको तापक्रम ३८ डिग्री सेल्सियस

  • आइतवार, बैशाख ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

नेपालगन्ज, बैशाख ३ ।
नयाँ वर्ष बैशाख महिनाको सुरुआतसँगै बढेको गर्मी र चलेको तातो हावाले सरुवा रोगका बिरामीको चाप पनि अस्पतालमा बढ्न थालेका छन् ।
३८ डिग्री सेल्सियसको आसपासमा रहेको तापक्रमका कारण बाँके जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ ।

धेरै गर्मी र दिउँसो चल्ने हल्का तातो हावाका कारण जिल्लावासी अत्यन्त आवश्यक कामकाजबाहेक बिहान र बेलुका घरबाट बाहिर निस्कँदैनन् । गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको तथा बजारमा चिसो पेय पदार्थ तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको छ ।

जिल्लाको भेरी अञ्चल अस्पताल, नेपालगन्ज तथा कोहलपुर शिक्षण अस्पतालमा दैनिक सरदर ३५÷४० जना विभिन्न सरुवा रोगका बिरामी उपचार गर्न आउने गरेको जनाइएको छ । यस वर्षको गर्मीयाम सुरु भएयता बाँके जिल्लामा पानी पर्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ