किनमेल गर्न गएकी महिला रहस्यमय तरिकाले बेपत्ता

किनमेल गर्न गएकी महिला रहस्यमय तरिकाले बेपत्ता

  • आइतवार, बैशाख ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

कञ्चनपुर, बैशाख ३ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका ३० वर्षीया कौशा धामी बजारमा किनमेल गर्न गएका बेला रहस्यमय तरिकाले बेपत्ता भएकी छन् ।

सिलाइ मेसिन खरिद गर्नका लागि भारतीय बजारतर्फ गएकी धामी बेपत्ता भएकी हुन् । चैत्र २५ गते बजारतर्फ गएकी उनी घर नफर्केपछि परिवारजनले सबैतिर खोज्दासमेत फेला पार्न सकेका छैनन् ।

राहदानीको प्रतिलिपि घरभित्र फेला परेकाले दलालले प्रलोभनमा पारेर भारततर्फ लगेको हुन सक्ने आशङ्का परिवारजनले गरेका छन् ।
धामी बेपत्ता भएपछि इलाका प्रहरी कार्यालयमा खोजी कार्यका लागि निवेदन दिइएको उनका जेठाजु धनबहादुर धामीले बताएका छन् । ‘आफन्त र सम्भावित सबै क्षेत्रमा खोजी कार्य गर्दा पनि फेला पार्न नसकेपछि प्रहरीलाई गुहारेका छौँ’ उनले भने ।

तीन छोरीकी आमा धामी झलारी बजारमा सिलाइ पसल सञ्चालन गर्दै आएकी थिइन् । भारतमा रोजगारीका लागि गएका उनका श्रीमान् पनि चार वर्षदेखि बेपत्ता रहेका छन् । चेलीबेटी बेचबिखन विरुद्धमा क्रियाशील सङ्घसंस्थालाई समेत धामीका परिवारले खोजी कार्यका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ