काठमाडौं, बैशाख ३ ।
फिनल्याण्डमा भएको स्की श्रृंखलामा व्यस्त नेपालकी मनीकला राईले ३ दशमलव ५ किलोमिटर क्रसकन्ट्रीमा १३ मिनेट १० सेकेन्डमा दूरी तय गरेकी छन् ।
एक दिन अघि ५ किलोमिटर रेस पूरा गरे लगत्तै उनी अब स्वीडेनमा हुने ५ किलोमिटर स्की फ्री स्टाइलमा सहभागी हुने छिन् । रेसमा विश्वस्तरीय विन्टर ओलम्पिकको तयारीमा रहेका खेलाडी सहभागी थिए । फिनल्याण्डकी भीमा निसीनेन, जोना केल्जीया र हेना राउटीनेन शीर्ष तीन स्थानमा रहेकी थिइन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline