सडक विस्तारको काम सुरु

सडक विस्तारको काम सुरु

  • शनिबार, बैशाख २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

दार्खा, २ वैशाख ।

सडक विभागले राजमार्ग अतिक्रमण बढ्दै जानथालेपछि फेरि सडक विस्तारको काम सुरु गरेको छ ।

विगत केही वर्षदेखि सुरु गरिएको अतिक्रमण हटाउने काम अझै पूरा नभएपछि पुनः सुरु गरिएको हो ।

डिभिजन सडक कार्यालयले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ क्षेत्रमा सडकको दायाँबाँया १५ मिटर क्षेत्र खाली गरी सडक विस्तारको कामलाई अगाडि बढाएको हो ।

पटक÷पटक राजमार्गका स्थानीयवासीलाई १५ मिटर क्षेत्र खाली गर्नका लागि सूचना गर्दासमेत बेवास्ता गरेर अटेर गरी बस्दै आएकोमा अहिले भने सडक विभाग आफँैले सडककोबीच भागबाट १५ मिटर क्षेत्र दायाँबाँया खाली गरी सडक विस्तारको कामलाई तीव्रता दिन थालेको बताइएको छ । त्रिभुवन राजपथको नागढुङ्गादेखि १५ मिटर क्षेत्र खाली गर्न सुरु गरिएको छ ।

सडक अतिक्रमणका कारण बढेको सवारी दुर्घटना कम गर्नका साथै राजमार्गमा अवरोधरहित तरिकाबाट सवारी सञ्चालनमा सहजता ल्याउनका लागि सडक दायाँबाँयाका क्षेत्र खाली गरेको सडक विभागले जनाएको छ ।

यसैगरी पृथ्वी राजमार्गमा आसपासमा वन अतिक्रमण गरेर मानवबस्ती बस्न खोजेको भन्दै जिल्ला वन कार्यालय धादिङले अतिक्रमण हटाउने कामको सुरुवात गरेको थियो । सडक क्षेत्र बढाइ दायाँबाँया नै नाली निमार्ण गर्न लागिएको सडक विभागले बताएको छ भने राजमार्गका स्थानीयवासीले भने हरेक वर्ष १५ मिटर र २५ मिटर खाली गर्ने निहँुमा सडक खनेर त्यतिकै छाडिदिने गरेको आरोप लगाएका छन् ।
सडक विभागले भने अब तीव्रगतिमा नागढुङ्गादेखि मौवा खोलासम्मको सडककै दायाँबाँया १५ मिटर खाली गराउने र क्रमश विस्तार गरेको सडकमा नाली निमार्ण गर्ने कालोपत्रे समेत गर्ने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ