काठमाण्डौ ,२ वैशाख ।
निर्वाचन खारेजिका लागी भन्दै नेपाल कम्युनियट पार्टीले चलाएको तीन महिने एकिकृत जनजागरण तथा प्रतिरोध अभियान अन्तरगत सामना सास्कृति परिवारले गरेको कार्यक्रममा आज प्रहरीले हस्तक्षेप गरेको छ ।
सामना सास्कृतिक परिवारले काठमाण्डौको गर्जुधारमा आयोजना गरेको सास्कृतिक कार्यक्रममा प्रहरी प्रशासनले हस्तक्षेप गरेको हो ।
यसअघिका कार्यक्रमहरुमा कुनै चासो नराखेको प्रहरीले आज गर्जुधारा चोकमा सामनाका कलाकारहरुको प्रस्तुति सुरु हुनेबित्तिकै कार्यक्रम गर्न नदिने भन्दै हस्तक्षेप गरेको काठमाण्डौ ७ नम्बर ईलाकाका ईन्चार्ज अर्जुन राउतले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यक्रम सुरु हुनासाथ सो क्षेत्र आसपासका स्थानियहरु करिब ३ सय बढीको सहभागीता रहेपछि तत्कालै प्रहरीले कार्यक्रम गरे गिरफ्तार गर्ने धम्की दिदै उक्त इोत्रबाट जबरजस्ती कलाकारहरुलाई हटाएको छ ।
सामना परिवारले आजै सतुङगल चोक र थानकोट चन्द्रागिरि जाने सडक छेउमा रहेको प्रहरी चेकपोष्ट नजिकै सडकमा कार्यक्रम गरेको छ ।


