आजबाट चक्रपथ सफाइ अभियान सुरु ,२३ मेट्रिक टन फोहर व्यवस्थापन

आजबाट चक्रपथ सफाइ अभियान सुरु ,२३ मेट्रिक टन फोहर व्यवस्थापन

  • शनिबार, बैशाख २, २०७४
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौँ, २ वैशाख ।
वागमती सफाईको २०५ औ हप्तामा आज उपत्यकाका प्रमुख नदीबाट १३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

मौसममा बदली भएपनि आज बिहान पानी परिरहेकै अवस्थामा बुद्धनगरमा सफाइ गरी १० मेट्रिक  टन फोहर निकालिएको सफाई अभियन्ता उमेश बोहराले जानकारी दिनुभयो ।

रुद्रमती सफाइको १६४ औँ हप्तामा रातोपुलदेखि गौशाला हुँदै बत्तीसपुतली राममन्दिरसम्म सफाइ सम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरिएको छ ।

सो क्रममा बाटो सफाई गरी एक मेट्रि«क टन फोहर व्यवस्थापन गरिएको सफाइ महाअभियानले जनाएको छ । उता , विष्णुमती सफाइको एक सय ३६ औँ हप्तामा तारकेश्वर नगरपालिकाको घलेपुलमा जनचेतनामूलक घरदैलो अभियान चलाउनुका साथै एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

पशुपति क्षेत्रमा गरेको एक सय १३ औँ हप्ताको सफाइमा पनि जनचेतनामूलक अभियानसहितको सफाइ गरी एक मेट्रिक  टन फोहर निकालिएको जनाईएके छ ।

यसैबीच , वाग्मती सफाइ महाअभियान सुरु भएको २०५ औँ हप्तामा आजदेखि चक्रपथ सफाइ अभियान पनि सुरु भएको छ ।

वाग्मती सफाइ महाअभियान २०० औँ हप्तामा प्रवेश गरेको अवसरमा सरकारका मुख्यसचिव डा सोमलाल सुवेदीले जारी गर्नुभएको १० बुँदे घोषणा पत्र बमोजिम आजदेखि घर, टोल सफाइ अभियान चक्रपथको ग्रिनसिटी अस्पताल अघिबाट सफाइ अभियान सुरु गरिएको हो ।

सफाइको सुरु गर्नुहुँदै सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले घर टोल सफा नभएसम्म नदी नाला सफा नहुने भएकाले यो अभियान सुरु भएपछि उपत्यकाका नदीनाला सफाइमा सहयोग पुग्ने बताउनुभयो ।

पूर्वसचिव एवम् वाग्मती सफाइको संयोजक गरिरहनुभएका किशोर थापाले उपत्यकाका सडक सफा नभए त्यो फोहर नदीमै जाने भएकाले चक्रपथ सफाइ सुरु गरिएको बताउनुभयो । सफाइमा १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ