‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ २०७४ अभियानको सुभारम्भ

‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ २०७४ अभियानको सुभारम्भ

  • शुक्रबार, बैशाख १, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौँ, १ वैशाख । ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ २०७४ राष्ट्रिय अभियान आजबाट सुरु भएको छ ।

दशरथ रङ्गशालामा आज आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले झन्डोत्तोलन गर्दै अभियानको शुभारम्भ गर्नुभयो ।

त्यसअघि आजै प्रधानमन्त्री दाहालले स्वास्थ्यमन्त्री गगन थापा , विभिन्न नागरिक समाजका प्रतिनिधि, प्रसिद्ध अभिनेत्री मनिषा कोइराला र सर्वसाधारणको उपस्थितिमा निकालीएको र्यालीमा स्वास्थ रहन पाँच सङ्कल्पमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले म रक्सी, चुरोट सुर्तीजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वस्थ पोषिलो, खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु तथा म र मेरो परिवार समुदायको स्वास्थ्यप्रति सजग रहन्छौँ भन्ने पाँच प्रतिबद्धता गरी पालना गर्न आग्रह गर्नुभएको हो ।

दशरथ रङ्गशालाबाट निस्केको ¥याली वसन्तपुरमा गई कार्यक्रममा परिणत भएको थियो । स्वास्थ्यमन्त्री थापाले पनि जनताले आफ्नो स्वास्थ्यमा ध्यान नदिए राज्यले मात्र जनताको स्वास्थ्यका लागि गर्ने कर्तव्य सफल नहुने धारणा राख्नुभयो ।

वर्षभरि सञ्चालन हुने अन्य कार्यक्रमसँगै यो अभियानलाई जोडेर स्थानीय तहसम्म लगिने जानकारी दिदै उहाँले सरकारसँगै जनतालाई पनि थप जिम्मेवार बनाउन यो अभियान ल्याइएको बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतिले नेपालमा धुम्रपान, मद्यमानको अत्याधिक प्रयोग, खाद्य प्रदार्थमा विषादीको प्रयोग, वातावरणीय पक्षले समेत जनताका स्वास्थ्य प्रतिकूल असर गरी कडा रोगको जोखिम बढाएकाले रोकथाम र रोगको उपचारमा जान अभियानले प्रेरित गर्ने विश्वास गर्नुभयो ।

उहाँले देशमा १८.५ प्रतिशत जनसङ्ख्याले धुम्रपान गर्ने, दक्षिण एसियामै धेरै १५ प्रतिशत नेपाली महिलाले धुम्रपान गर्ने, १७ प्रतिशत जनसङ्ख्याले मद्यपान गर्ने, १८ प्रतिशतमा मोटोपना, चार प्रतिशतमा अति मोटोपनाले शारीरिक मात्र नभई मानसिक समस्या पनि बढाएको बताउनुभयो ।

ग्रामीण भेगमा ७४ प्रतिशतमा घर परिवारमा दाउरा, गुइँठा आदिको प्रयोग गर्दा निस्कने धुवाँ र सहरी क्षेत्रमा घर बाहिरको वायु प्रदूषणका कारणले जनस्वास्थ्य गम्भीर असर पारिरहेको मन्त्रालयको तथ्याङ्क छ ।

अत्यधिक विषादीको प्रयोग, मिसावटयुक्त खाद्यवस्तु, अस्वस्थ असन्तुलित खानपिन शैली पनि अर्को समस्या रहेको छ ।

अभिनेत्री मनिषा कोइरालाले स्वास्थ्यको ख्याल आफैँले राख्नुपर्ने बताउँदै आफू स्वास्थ्य भएमात्र गुणस्तरीय जीवनयापन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा आयुर्वेद विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले स्वस्थ रहन शारीरिक व्यायामको महत्वपूर्ण स्थान भएकाले दैनिक व्यायाम गर्न आग्रह गर्दै विभिन्न योगासन गरी देखाउनुभएको थियो ।

कतिले आफ्नो स्वास्थ्यको नियमित जाँच गराए भन्ने तथ्याङ्क राखी अर्को वर्ष थप सुधार गरी अघि बढ्ने मन्त्रालयको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी