धुर्मुस सुन्तली फाउन्डेसनद्धारा निर्मित मुसहर बस्ती हस्तान्तरण

धुर्मुस सुन्तली फाउन्डेसनद्धारा निर्मित मुसहर बस्ती हस्तान्तरण

  • शुक्रबार, बैशाख १, २०७४
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

महोत्तरी, १ वैशाख ।
महोत्तरीको बर्दिबास २ मा मुसहर समुदायका लागि धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण भएको एकीकृत नमुना बस्ती आज हस्तान्तरण गरिएको छ ।

आज एक कार्यक्रमको आयोजना गरी कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को पहलमा निर्माण गरिएको बस्ती हस्तान्तरण गरिएको हो ।

फाउन्डेशनले बनाएको ५३ वटा भवन महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एकीकृत मुसहर बस्ती संरक्षण समितिका अध्यक्ष बिल्तु सदालाई साँचो दिएर हस्तान्तरुण गर्नुभएको हो ।

फाउन्डेशनले ३ कोठा, बरन्डा र चोटासहितको ५० आवासीय घर, एउटा सामुदायिक भवन र मुसहर समुदायको कुलदेवता दिनाभद्रीको मन्दिर निर्माण गरेको छ ।

बस्तीका तीनवटा घर भने गैर मुसहरका लागि उपलब्ध गराइएको छ । फाउन्डेशनका अनुसार एक घर बनाउन करिब ८ लाख खर्च भएको छ ।

मानवता र सद्भावका लागि सहकार्यअन्तर्गत दलित समुदायका लागि नमुना बस्ती बनाइएको हो । स्वदेश तथा विदेशबाट सहयोग संकलन गरेर कलाकारद्वय धुर्मुस, सुन्तलीले बस्ती निर्माण गराएका हुन् ।

बस्तीका प्रत्येक घरमा चर्पी, खानेपानीका लागि टयांकी सहितको धारा, सुत्ने खाट, हरेक घरमा ग्याससहित चुल्हो जडान गरिएको छ ।

बस्तीमा स्वागतद्वार, प्रतिक्षालय, एउटा बाल उद्यान, बस्ती अवलोकनका लागि भ्यू टावर पनि निर्माण गरिएको छ । हरेक घर अगाडी बगैचा समेत तयार गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ