काठमान्डौ बैशाख १
सरकारले आजदेखि आम नागरिकको स्वास्थ्य र सकारात्मक जीवनशैली सुर्धानका लागि एक वर्षे अभियान सुरु गर्ने भएको छ ।
मेरो वर्ष म स्वस्थ मेरो देश स्वस्थ भन्ने नाराका साथ सुरु गर्न लागिएको अभियानमा सरकारले आम नागरिकसँग पाँच वटा प्रतिवद्धता प्रकट गर्न आह्वान समेत गरेको छ ।
अभियानले आम नागरिकमा नसर्ने रोगका कारण हुने मृत्युमा ५० प्रतिशत सम्म कमि आउन सक्ने दाबी स्वास्थ्य मन्त्रालयको छ । यस अभियानले स्वास्थ्य उपचारको नाममा राज्य र व्यक्तिको अरबौ रुपया जोगाउने स्वास्थ्य मन्त्रालयको भनाई छ ।
अभियान अन्तर्गत चुरोट मदिरा सेवन नगर्ने, नियमिति व्यायम, स्वस्थ र पोसिलो खानपान, नियमित स्वास्थ्य परिक्षणसँगै आफू आफ्नो परिवारको स्वास्थ्य प्रति सजग हुन नागरिकलाई आह्वान समेत गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline