आजबाट उपत्यकामा हर्न बनाउन निषेध

आजबाट उपत्यकामा हर्न बनाउन निषेध

  • शुक्रबार, बैशाख १, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ ,१ वैशाख । काठमाडौं उपत्यकामा सरकारले आजदेखि लागु हुने गरि आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न निषेध गरेको छ ।

अनावश्यक हर्न निषेधित क्षेत्रका रुपमा काठमाडौंलाई स्थापित गर्ने रणनीति अनुरुप सरकारले आजदेखि हर्न बजाउन निषेध गरेको हो । नियमको कार्यान्वयनसंगै अनावश्यक ध्वनि नियन्त्रण हुने आशा गरिएको छ ।

काठमाडौं उपत्यकाभित्र गुड्ने सबै सरकारी, पर्यटकबाहक, सार्वजनिक र निजी सवारीले हर्न बजाउन नपाउने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

नियम विपरित हर्न बजाएमा सवारीलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरी र यातायात वयवस्था विभागले ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने महानगरपालिकाले जनाएको छ ।   यद्यपी यो नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकल लगायत आकस्मिक रुपमा चल्ने सवारीका हकमा लागु हुनेछैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ