नयाँ शक्तिद्धारा विरोधका कार्यक्रम घोषणा

नयाँ शक्तिद्धारा विरोधका कार्यक्रम घोषणा

  • बिहिबार, चैत्र ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ, चैत्र ३१ ।

नयाँ शक्ति पार्टि नेपालले हुन लागेको स्थानिय तहको निर्वाचन अलोकतान्त्रिक र विभेदकारी रहेको बताएको छ ।

नयाँ शक्तिले आफुभन्दा वाहेकका दलहरुलाई चुनाव चिन्हकासाथ जनतामा जाने अधिकारबाट बञ्चित गराईएको आरोपसमेत लगाएको छ ।

आज राजधानीमा पत्रकार सम्मेलन गर्दै पार्टिका संयोजक डा. बाबुराम भट्टराईले स्थानिय तह निर्वाचन ऐन २०७३ को दफा २६(६र७) अबिलम्ब खारेज गरि सबै दललाई निर्वाचनमा भाग लिने वातावरण बनाउन माग गर्नुभयो ।

यस्तै आजै नयाँ शक्तिले स्थानिय तह निर्वाचनमा सबै दलले चुनाव चिन्ह सहित भाग लिन पाउने अधिकारको सुनिश्चतता गर्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

यसैविच नयाँ शक्तिले आजै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । जस अनुसार बैशाख २ गतेदखि बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म शान्तिबाटिकामा रिले अनसन शुरु गर्ने जनाएको छ ।

यस्तै बैशाख ३ गते प्रधानमन्त्री निवास, संसद भवन घेरा गर्ने रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ