प्रधानमन्त्री समक्ष कार्यदलका प्रतिवेदन प्रस्तुत

प्रधानमन्त्री समक्ष कार्यदलका प्रतिवेदन प्रस्तुत

  • बिहिबार, चैत्र ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

चैत्र ३१, काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष द्वन्द्वका घटनाहरु छानविन तथा त्रिभूवन विश्व विद्यालय र कृषि तथा वन विज्ञान विश्व विद्यालयको समस्या समाधान सम्वन्धी दुई छुट्टा छुट्टै कार्यदलले आज प्रतिवेदन बुझाएका छन् ।
आज दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय योजना आयोगका सदस्य गीताभक्त जोशी नेतृत्वको कार्यदलले त्रिभूवन विश्व विद्यालय र कृषि तथा वन विज्ञान विश्व विद्यालयको समस्या समाधानसहितको प्रतिवेदन पेश गरेको छ । यसअघि चितवनको रामपुरस्थित कृषि क्याम्पस रहेकै स्थानमा कृषि तथा वन विज्ञान विश्व विद्यालय स्थापना भइसकेको सन्दर्भमा त्रिभुवन विश्व विद्यालयसँग समझदारी कायम गर्ने गरी प्रतिवेदन पेश भएकोमा प्रधानमन्त्रीले कार्यदललाई धन्यवाद दिनु भएको छ ।
यसैगरी द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानविन एवम् परिक्षण सम्वन्धी कार्यदलले प्रधानमन्त्री ज्यूको उपस्थितिमा शान्ति मन्त्री सीतादेवी यादवलाई बुझाएको प्रतिवेदन उहाँले प्रधानमन्त्रीलाई बुझाउनु भयो । प्रतिवेदनमा पन्ध्र हजार तीन सय पाँच घटनाहरुको छानविन तथा अध्ययन विवरणसहित आवश्यक सुझाव दिइएको छ । प्रधानमन्त्रीले कार्यदलमा संलग्न सबैप्रति आभार व्यक्त गर्दै महत्वपूर्ण सुझावसहितको प्रतिवेदन पेश गरेकोमा धन्यवाद दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ