७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने 

७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने 

  • बिहिबार, चैत्र ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

 काठमाडौं चैत्र ३१   ।

निर्वाचन आयोगले स्थानिय तह निर्वाचनका लागि  ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको छ ।

केन्द्रिय स्तरमा जारी प्रशिक्षण तालिमको आज समापन गरेपछि प्रकृया पुरा गरी आगामी ३ गतेबाट सबै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगले जनाएको हो ।

उम्मेदवारी दर्ता गर्ने दिन नजिकिदै जाँदा केन्द्रिय स्तरको तयारी पूरा गर्दै क्षेत्रिय स्तरमा प्रशिक्षण तालिम सञ्चालन गर्ने आयोगका सूचना अधिकृत नारद गौतमले जानकारी दिनुभयो । आयोगले ३ गते भित्रै सम्पूर्ण स्थानिय तहको मतदानकेन्द्र र मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी समेत गरेको छ ।

यस्तै नयाँ बर्षको सुरुवातसंगै करीब २१ हजार केन्द्रमा मतदाता शिक्षा अभियान सुरु गर्ने समेत आयोगले जनाएको छ । केन्द्रिय स्तरमा प्रशिक्षणमा सहभागी भएका अधिकृतले अगामी २ गतेबाट स्थानिय तहमा प्रशिक्षण दिनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ