पुरातात्विक सम्पदा पुनःनिर्माणमा सात हजार क्युफिट काठ

पुरातात्विक सम्पदा पुनःनिर्माणमा सात हजार क्युफिट काठ

  • बुधबार, चैत्र ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, ३० चैत । द टिम्बर कर्पाेरेसन अफ नेपाल लिमिटेडले भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनःनिर्माणका लागि मात्र हालसम्म सात हजार २४४ क्युफिटभन्दा बढी काठ उपलब्ध गराइसकेको जनाएको छ ।

टिम्बर नेपाली सेना (घोडा तबेला)को पुनःनिर्माणका लागि तीन हजार क्युफिट र नेपाली सेना भवन निर्माणमा ३०० क्युफिट, गोरखाको मनकामना मन्दिरका लागि ५०० क्युफिट, काठमाडौँको सनातन इष्ट देवता गुठीका लागि १०० क्युफिट, काठमाडौँको नेपाली मधेसी निजामती कर्मचारी मञ्च भवन निर्माणमा ५०० क्युफिट काठ उपलब्ध गराइसकेको छ ।

त्यस्तै स्याङ्जाको खिलुङ्ग कालिका मन्दिर निर्माणमा १५० क्युफिट, काठमाडौँको लुजुभुलु अजिमा गुठीका लागि ४९९ क्युफिट, ललितपुरको करुणमय पीठ मन्दिरको लागि ६०० क्युफिट, तलेजु भवानी मन्दिरलाई ३४५ क्युफिट, वाचन शिरोमणि नारायण पोखरेल स्मृति प्रतिष्ठानका लागि ५०० क्युफिट, काभ्रेको पशुपति मन्दिर निर्माणमा १०० क्युफिट, दक्षिणकालीको धार्मिक तथा सांस्कृतिक सम्पदा समितिलाई २०० क्युफिट र तनहुँको गलेश्वर आश्रमका लागि ४५० क्युफिट काठ उपलब्ध गराइसकेको टिम्बरका महाप्रबन्धक राजु लौडारीले जानकारी दिनुभयो ।

पुरातत्व विभागबाट टिम्बरमा हालैमात्र काष्ठमाण्डप पुनःनिर्माणका लागि १७ हजार ३८ क्युफिट, सेतो मच्छिन्द्रनाथको लागि तीन हजार २६८ क्युफिट, जुम्लाको चन्दननाथ मन्दिरका लागि २७७ क्युफिट र नुवाकोटको भैरवी मन्दिर पुनःनिर्माणका लागि एक हजार ४५० क्युफिट काठ आपूर्ति गर्न सिफारिसपत्र आएको महाप्रबन्धक लौडारीले बताउनुभयो ।

यसबाहेक टिम्बरले मङ्गलबार मात्र गोरखाको लाप्राकका ६०० निजी घर निर्माणका लागि २७ हजार ३०० क्युफिट काठको मागपत्र आएको जनाएको छ । टिम्बरले उक्त सबै काठ पुनःनिर्माणका लागि पाइने सहुलियत दर अर्थात् प्रतिक्युफिट रु दुई हजार ४२५ का दरले उपलब्ध गराएको उहाँले जानकारी दिनुभयोे ।

टिम्बरले सामान्य अवस्थामा भने काठको आकार हेरी प्रतिक्युफिट न्यूनतम दुई हजार १६० देखि तीन हजार १०० का दरले बिक्री वितरण गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी