काठमाण्डौ ,२९ चैत ।
कागेश्वोरी मनहरा नगरपालिका वार्ड न.७ को वडा सदस्यको चर्चामा छन् २८ बर्षे युवा दिपेन्द्र पोख्रेल । २०४५साल असार १० गते काठमाडौंमा जन्मिएका दिपेन्द्रले स्कुले जीवनदेखि नै नेपाली काग्रेसबाट राजनितिक यात्रा सुरु गरेका थिए ।
पुर्ख्यौली घर झापा रहेपनि काठमाण्डौमा नै जन्मिएका उनले २०६३ सालमा नेपाल कमर्स क्याम्पसमा बि.बि.एस पढ्दादेखि भने उनको राजनितिक जीवन अझ सक्रिय भयो ।
उनी २०६४ सालमा सनत घिमिरे सभापति रहेकोबेला नेपाल बिध्यार्थी संघ नेपाल कमर्स क्याम्पस को एकाइ सदस्य भएका थिए ।
बिद्यार्थी राजनिति सँगै उनले मुलपानी २ “ख“साबिक हाल कागेश्वोरी मनहरा नगर्पा्लिका ७ मा पार्टीको काममा पनि सक्रिय रहदै गएका थिए ।

यस्तै उनी गैर नाफामुलक गैर सरकारी सस्था तथा युबा क्लब मा सन्स्थापक सचिब रहेर समाजसेवा पनि गर्दै आएका छन् ।
उनले आफुले निर्वाचनमा जीत हासिल गरे युवाहरुको पक्षमा काम गर्ने बताएका छन् ।