चन्द्रागिरीको विकासमा सरकारको ध्यान जाने

चन्द्रागिरीको विकासमा सरकारको ध्यान जाने

  • मङ्लबार, चैत्र २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

काठमाडौँ, २९ चैत ।

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको चुनावले जनतालाई अधिकारसम्पन्न गराउने बताउनुभएको छ ।

चन्द्रागिरि महोत्सवको आज शुभारम्भ गर्दै उहाँले स्थानीय तहको चुनावपछि मुलुक समृद्धितर्फ उन्मुख हुने भएकाले सबै पक्षलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

चुनावपछि स्थानीय तहमै संगठितरुपमै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका अधिकार आउने भएकाले यो निर्वाचन धेरै महत्वपूर्ण रहेको उहाँको भनाई छ ।

प्रधानमन्त्री दाहालले चन्द्रागिरीको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको बताउँदै काठमाडौंको गेटका रुपमा रहेको चन्द्रागिरीको विकासमा सरकारको ध्यान जाने बताउनु भयो ।

उहाँले कलंकीदेखि थानकोट हुँदै नागढुंगासम्मको सडक सिघ्र निर्माण गर्न सम्वन्धित निकायलाई निर्देशन दिने पनि प्रतिबद्धता जनाउनु भएको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद जैसीले त्यस क्षेत्रको प्राचीन महत्वका सम्पदास्थल, स्थानीय उत्पादनलगायतलाई प्रवद्र्धन गर्न सो महोत्सव गरिएको जानकारी दिनुभयो ।

स्थानीयवासी एवम् उद्यमी देवेन्द्र प्रधानले काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने महत्वपूर्ण नाका भएको उक्त क्षेत्रमा शिक्षा, स्वास्थ्यको अवस्था सन्तोषजनक नरहेकाले त्यसतर्फ सरकारले लगानी अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

आगामी वैशाख ६ गतेसम्म चल्ने महोत्सवमा नेवारी खाना र स्थानीय तहमा उत्पादन भएका खाद्य वस्तुको बिक्रीसमेत सुरु गरिएको छ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहले चन्द्रागिरिको डाँडाबाट अवलोकन गरी काठमाडौँ खाल्डोसमेत जिती विशाल नेपाल बनाएको बताइएको छ । त्यस क्षेत्रमा कालु पाँडेको समाधि, इन्द्र दहलगायत स्थान पर्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ