काठमाडौँ, २९ चैत ।
काठमाडौँ उपत्यका भूकम्पीय जोखिममा रहेकाले न्यूनीकरण उपाय नअपनाए ठूलो मानवीय क्षति हुनेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
सहरी विकास र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र जापान अन्तर्रा्ष्ट्रिय सहयोग नियोक (जाइका)को संयुक्त आयोजनामा भएके ‘काठमाडौँ उपत्यकामा भूकम्पीय जोखिम मूल्याङ्कन’ विषयको दोस्रो सत्रमा बोल्ने वक्ताहरुले भूकम्पीय जोखिममा न्यूनीकरणमा जोड दिएका हुन् ।
कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले उपत्यकामा भूकम्पपीय जोखिम न्यूनीकरण गर्न मन्त्रालयले भूकम्प प्रतिरोधी मापदण्डका घर बनाउनका लागि भवन निर्माण आचारसंहिता संशोधनको तयारी गरेको जानकारी गराउनुभयो ।
उपत्यकामा भूकम्प प्रतिरोधी घर बनाउनका लागि मात्र अनुमति दिएकोमा अब आचारसंहिता संशोधन गरेर देशभरि नै तोकिएको मापदण्डमा मात्र घर बनाउन निर्देशन दिने उहाँको भनाई छ ।
भवन आचारसंहितामा मापदण्ड कार्यान्वयन गर्न नसकेको जनाउँदै उहाँले अब संशोधनमा कार्यान्वयनको पक्षलाई कडा पारिने बताउनुभयो ।
मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर सुमन सालिकेले उपत्यकामा सात प्रतिशत घर मात्र आचारसंहिताको मापदण्डमा बनेको र अझै धेरै घर जोखिममा रहेको बताउनुभयो ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले भूकम्पीय जोखिम न्यूनीकरण गर्नका लागि २० वर्षीय रणनीति ल्याउन लागिएको जानकारी दिनुभयो ।
कार्यक्रममा जाइकाका ¥योजी ताकाहासीले नेपालमा घरहरु अझै पुरानो मापदण्डमा बन्ने २०७२ सालको भन्दा ठूला क्षति हुने धारणा राख्नुभयो ।