यातायात व्यवसायीको चेतावनीका कारण चुनाव अघि भक्तपुरमा साझा नचल्ने

यातायात व्यवसायीको चेतावनीका कारण चुनाव अघि भक्तपुरमा साझा नचल्ने

  • मङ्लबार, चैत्र २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, चैत्र २९ ।
आगामी बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचन अघि भक्तपुरमा साझाको रुट इजाजत टुङ्गो नलाग्ने भएको छ । साझाले भक्तपुरमा बस सेवा सञ्चालन गर्नका लागि फागुन ३० गते विभागमा निवेदन दिइएको थियो ।

साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेका अनुसार ‘सिन्डिकेट अन्त्य भइसकेको अवस्थामा पनि साझालाई भक्तपुरमा रुट इजाजत दिन आलटाल गरेको कारण मैले बुभ्न सकेको छैन,’ उनले भने ।

भक्तपुरका यातायात व्यवसायीले चैत्र ७ गते पत्रकार सम्मेलन गरेर साझा यातायात भक्तपुर प्रवेश गरेमा ग्रामीण भेगका यातायात ठप्प पार्ने चेतावनी दिएका थिए ।

यातायात विभागले व्यवसायीहरूलाई सहमतिमा ल्याएर मात्रै साझालाई अनुमति दिने रणनीति बनाएको जनाएको छ । विभागले सहमतिका लागि चैत्र २८ गते बैठक बस्ने भनीएकोमा आउँदै गरेको स्थानीय निकायको चुनावका कारण विभागका प्रमुख बसन्त अधिकारी उपत्यका बाहिर जानु परेकाले बैठक बस्न नसकेका हुन् ।

भक्तपुरमा साझाका रूट स्वयम्भु–सीतापाइला–कलंकी–रवीभवन–सोल्टीमोड–कालीमाटी–टेकु–त्रिपुरेश्वर–सहीदगेट–सिंहदरबार–माइतिघर–बबरमहल–नयाँबानेश्वर–मिनभवन–कोटेश्वर हुँदै भक्तपुर चल्ने छन् ।

जडिबुटीबाट १० वटा बसहरू सानोठिमी–पुरानोठिमी–भक्तपुर हुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किनेछन् । अन्य १० वटा बस जडिबुटीबाट नयाँबाटो सल्लाघारी, सूर्यविनायक–कमलविनायक हुँदै पुरानो बाटो भएर फर्किनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ