डिआईजी सिलवालद्धारा आज सर्वोच्चमा दोस्रो रिट दर्ता

डिआईजी सिलवालद्धारा आज सर्वोच्चमा दोस्रो रिट दर्ता

  • मङ्लबार, चैत्र २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

काठमान्डौ चैत्र २९ ।
डिआईजी नवराज सिलवालले आज सर्वोच्च अदालतमा दोस्रो रिट दर्ता गर्नु भएको छ । प्रहरी महानिरीक्षक आईजीपीमा प्रकाश अर्याललाई गरेको नियुक्त बदर र यसअघि सर्वोच्च अदालतले गरेको निर्णय कार्यान्वयनको माग राख्दै उहाँले दोस्रो रिट दर्ता गर्नु भएको हो ।

सरकारले हिजो आईजीपीमा डिआईजी अर्याललाई नियुक्त गरेको थियो । उहाँलाई गएराति नै महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको छ । डिआईजी सिलवाल कार्यसम्पादन मूल्यांकनको फाइलमा झेल भएको भन्दै असन्तुष्ट रहनु भएको छ ।

सिलवालले कार्यसम्पादन मूल्यांकनको फाइलमै दुई नम्बर घटाएर आफूलाई पछि पारिएको दाबी गर्नु भएको छ । यसअघि सरकारले गत फागुन १ मा डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्त गरेकामा तीन साताअघि सर्वोच्च अदालतले उक्त निर्णय उल्ट्याइदिएको थियो ।

सर्वोच्चले कार्यसम्पादन मूल्यांकन ख्याल नगरी मन्त्रिपरिषद्ले महानिरीक्षक नियुक्ति गर्नु विधिसम्मत नभएको भन्दै कार्यसम्पादनका आधारमा पुनः नियुक्ति गर्न चैत ८ गते आदेश दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ