नेपाल उद्योग बाणिज्य महासंघको मतदान सम्पन्न, ३ बजेबाट मतगणना हुने

नेपाल उद्योग बाणिज्य महासंघको मतदान सम्पन्न, ३ बजेबाट मतगणना हुने

  • मङ्लबार, चैत्र २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, चैत्र २९ ।
बिहान ८ बजेबाट सुरु भएको नेपाल उद्योग बाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । मतदानमा कूल आठ सय २३ मत खसेको छ भने अहिले ३ बजेबाट मतगणना प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।

निर्वाचन समितिले दिएको जानकारीअनुसार मतगणनाको परिणाम आज रातिसम्ममा सार्वजनिक गर्ने तयारी रहेको छ । आज भएको मतदानमा जिल्ला तथा नगरतर्फ एक सय चार, वस्तुगततर्फ ९९ र एशोसिएटतर्फ छ सय २० मत खसेको छ । एशोसिएटतर्फबाट १३ जना मतदाता अनुपस्थित रहेका थिए ।

महासंघको नयाँ संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने भएपछि यो निर्वाचन वरिष्ठ उपाध्यक्ष र त्योभन्दा तलका पदहरूमा मात्रै मतदान भएको हो ।

वरिष्ठ उपाध्यक्षका लागि शेखर गोल्छा र किशोर प्रधान समूहले प्यानल नै बनाएर चुनाव लडेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी