वनको दिगो व्यवस्थापन र उपयोगबाट मुलुकको समृद्धि हासिल हुने

वनको दिगो व्यवस्थापन र उपयोगबाट मुलुकको समृद्धि हासिल हुने

  • मङ्लबार, चैत्र २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ, २९ चैत । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले वनको दिगो व्यवस्थापन र उपयोगबाट मुलुकको समृद्धि हासिल हुने बताउनुभएको छ ।

वनस्पति विभागको ५७औँ वार्षिकोत्सव तथा १८औँ वनस्पति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले मुलुकको आर्थिक समृद्धिका लागि कृषि, पर्यटन, जलस्रोतको जस्तै वन क्षेत्रको भूमिका पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

मन्त्री भण्डारीले जैविक विविधता संरक्षणमा मन्त्रालय मातहतका सबै कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिनुभयो । मुुलुकभित्रको काठ उत्पादन बढाएर विदेशी काठको आयात नियन्त्रण गर्नुपर्नेमा उहाँको जोड थियो ।

वन सचिव प्रकाश माथेमाले मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका कारण केही वनस्पति सङ्कटमा परेको जानकारी गराउँदै भावी पुस्ताका लागि तिनलाई जोगाउन सबै आआफ्ना तर्फबाट लाग्नुपर्नेमा बताउनुभयो ।

वनस्पति विभागका महानिर्देशक डा अखिलेश्वरलाल कर्णले विभागले स्थापनाकालदेखि नै अनवरत रुपमा वानस्पतिक स्रोतको पहिचान, सदुपयोग एवम् प्रविधि विकास गरी आर्थिक रुपमा समृद्घ राष्ट्र निर्माणमा आफूलाई समर्पित गर्दै आएको बताउनुभयो ।

‘वानस्पतिक विविधता, अमूल्य सम्पदा’ नाराका साथ आयोजित कार्यक्रममा पूर्वसचिव उदयराज शर्मा, पूर्वमहानिर्देशक हरिकृष्ण सैंजु, वनस्पतिविद् प्रा डा रामप्रसाद चौधरी, विभागका उपमहानिर्देशक ज्योति जोशी भट्टलगायतले जनताको प्रत्यक्ष सहभागितामा एकीकृत कार्यक्रममार्फत जैविक विविधता संरक्षणमा देखिएका चुनौतीको सामना गर्नुपर्नेमा जोड दिनुभयो ।

विभागले वनस्पतिको संरक्षण, संवद्र्धन तथा सदुपयोगका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत रु एक लाखसहितको यस वर्षको ‘राष्ट्रिय वनस्पति पुरस्कार, २०७३ प्रा डा प्रमोदकुमार झालाई प्रदान गरेको छ । कार्यक्रममा ‘नेपालका लौठसल्ला’ नामक पुस्तक लोकार्पण गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी