ताप्लेजुङमा चुनाब खारेजी अभियान तिब्रः नेकपाले तोक्यो चुनाव प्रचारप्रसार निषेधित क्षेत्र

ताप्लेजुङमा चुनाब खारेजी अभियान तिब्रः नेकपाले तोक्यो चुनाव प्रचारप्रसार निषेधित क्षेत्र

  • मङ्लबार, चैत्र २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

आलोक माबोहाङ् लिम्बू/२८ चैत्र, ताप्लेजुङ ।
पार्टीको एकिकृत जनजागरण तथा प्रतिरोध अभियान अन्तरगत नेपाल कम्युनिष्ट पार्टी ताप्लेजुङले जिल्लामा चुनाब खारेजीको लागि विविध गतिविधिहरू तिब्र पारेको छ ।

खेजेनिम गाविस (हाल फक्ताङ्लुङ गाउँपालिका २) स्थित तुलसी आधारभूत विद्यालयमा सावादिन, खेजेनिम र इखाबुबाट झण्डै ३ सय नेकपा कार्यकर्ताको सहभागितामा चैत्र २४ गते एकिकृत जनजागरण तथा प्रतिरोध अभियानको उद्घाटन गरिएको हो । ताप्लेजुङ जिल्ला ईन्चार्ज आशिषद्धारा उद्घाटन गरिएको अभियान चैत्र २४ गतेदेखि लगातार ३ महिनासम्म संचालन हुने जिल्ला सेक्रेटरी राजनले जानकारी दिए ।

आगामी बैसाख ३१ गते सरकारले गर्न लागेको स्थानीय निर्बाचनले दलाल संसदीय व्यवस्थालाई स्थापति गर्ने भएकोले चुनाब खारेजीको माग गर्दै अभियान अन्र्तगत ताप्लेजुङ सदरमुकाम सहित साबिक ४८ गाविस, हाल ८ गाउँपालिका र १ नगरपालिकामा ३ महिने अभियान नेकपाले तिब्र पारेको हो ।

जिल्लाको फुङ्लिङ नगरपालिका सहित ८ ओटै गाउँपालिकाका जनताको घरदैलोमा पुगेर यो स्थानीय निर्वाचनमा सहभागी नहुन जनतालाई अपिल गरिएको छ । अभियानकर्मीहरूका अनुसार जनताको प्रतिकृया सकारात्मक रहेको छ ।

जिल्ला इन्चार्ज आशिषले भने “अहिले प्रथम चरणको प्रचारात्मक कार्यक्रम अन्तरगत भित्ते लेखन, पर्चा वितरण, पोष्टर टाँस्ने र जनताको घरघरमा पुगेर संसदीय व्यवस्थालाई बलियो बनाउने स्थानीय चुनावमा सहभागी नहुनुहोस् भनिरहेका छौं ।”

चुनाबको मिति नजिकिंदै जाँदा प्रतिरोधका कार्यक्रमहरू पनि संचालन गर्ने छौं । पहिलो चरणमा निर्वाचनलाई ध्वस्त पार्नको लागि गाउँ जनपरिषद र पार्टी कमिटी साथै जनवर्गीय संगठनलाई पनि सुदृढ तथा विस्तार गरिने जिल्ला सेक्रेटरी राजनले जानकारी दिए ।

अभियानलाई व्यवस्थित बनाउन प्रचार प्रसारका सामाग्री सहित युवाहरूलाई परिचालन गर्दै जनपरिचालन व्यवस्थित गरिएको छ ।
उत्तरी ६ गाविसमा प्रचारप्रसार गर्न नपाइने
जिल्लाको उत्तरी ६ गाविसलाई नेपाल कम्युनिष्ट पार्टीले चुनाब प्रचारप्रसार निषेधित क्षेत्र घोषणा गरेको छ ।
जिल्लाको उत्तरी गाविसहरू सावादिन, खेजेनिम, इखाबु, तापेथोक, लेलेप र ओलाङचुङगोला गाविस हाल फक्ताङ्लुङ गाउँपालिका ३ वडा बहेक सबै वडालाई निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला इन्चार्ज अशिषले जानकारी दिए ।

निषेधित क्षेत्रमा जबरजस्त चुनाबी कृयाकलाप गरिए सम्बन्धित पक्ष निर्वाचन गराउने र निर्वाचनमा भाग लिनेहरू नै जवाफदेहि हने बताईएको छ ।


एक गाउँपालिकाको उम्मेदवारले लाखौँ रुपैयाँ खर्च गरेर गरिने र पैसाको राजनीतिलाई बलियो बनाउने कथित स्थानीय तहको निर्वाचनबाट दलाल, भ्रष्ट, दलाल पूँजीवादीको प्रतिनीधि मात्र छानिने छ । लाखौँ रुपैयाँ खर्च गरी गरिने चुनावबाट बास्तविक जनताको प्रतिनीधि नछानिने भन्दै चुनाब खारेजीको माग नेकपाले गर्दै आएको छ ।

जर्बजस्त चुनाब लादिए ध्वस्त पर्ने र यदि ब्यारेकभित्रबाट चुनाब गरिए दलाल, भष्ट र दलाल पूँजीवादी प्रतिनीधिले कार्य सम्पादन गरेको हेर्न आतुर रहेको जिल्ला इन्चार्ज आशिषले चेतावनी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ