जीवन हमाल/ललितपुर ,२९ चैत ।
ललितपुर पार्टीको एकिकृत जनजागरण तथा प्रतिरोध अभियान अन्तरगत नेपाल कम्युनिस्ट पार्टी ललितपुरलेपनि जिल्लामा अभियान अन्तरगतका गतिविधिहरु तिब्र पारेको छ ।
आगामी बैसाख २९ गते सरकारले गर्न लागेको स्थानीय निर्बाचनले दलाल संसदीय व्यवस्थालाई स्थापति गर्ने भएकोले यो चुनाबलाई खारेजीको मा गर्दै सञ्चालन गरिएको अभियान जिल्लाको दक्षिणी भागमा चलाइएको हो । जिल्लाको दक्षिणी भेगमा पर्ने १८ वटा गाविसमा जनताको घरदैलोमा पुगेर यो स्थानीय निर्वाचनमा सहभागी नहुन जनतालाई अपील गरिएको छ ।
अभियानकर्मीहरुका अनुसार जनताको प्रतिकृया सकारात्मक रहेको छ । संखु र बुखेलबाट सुरुगरिएको अभियानको अगुवाई पार्टीका केन्द्रिय सदस्य पुरुसोत्तम विस्ट उत्तमले गरेका छन् ।
अभियानको स्वरुपबारे जिज्ञासा राख्ला उत्तमले भने अहिले प्रथम चरणको प्रचारात्मक कार्यक्रम अन्तरगत जनताको घरघरमा पुगेर संसदीय व्यवस्थालाई बलियो बनाउने स्थानीय चुनावमा सहभागी नहुनुहोस् भनेका छौं, जनताको प्रतिकृया सकारात्मक पाएका छौं साथै चुनाबको मिति नजिकिंदै जाँदा प्रतिरोधका कार्यक्रमहरुपनि संचालन गर्ने छौं ।
संखु तथा बुखेल हुँदैं अभियान टोली मानीखेलतीर अगाडी बढ्नेछ । इलाका सेक्रेटरी ललित लामाका अनुसार अभियानलाई व्यवस्थित बनाउन प्रचार प्रसारका सामाग्री सहित युवाहरुलाई परिचालनगरि जनपरिचालनलाई व्यवस्थित गरिएको छ ।
अभियानमा सहभागी सावित्री अभिकारीका अनुसार अभियानमा जनवर्गीय संगठन तथ पार्टी कमिटिहरु सुदृढ तथा विस्तारपनि गरिनेछ ।