काठमाण्डौ ,२९ चैत ।
नेपाल कम्युनिष्ट पार्टी सुनसरीले आसन्न स्थानीय तह चुनावमा असहयोग गर्न जिल्ला सरकारी कार्यलयालाई आग्रह गरेको छ ।
गत २४ चैतबाट सुरु भएको पार्टीको को एकिकेत जनजागरण तथा अभियान अन्तरगत सुनसरी जिल्लाले सो क्षेत्रमा रहेका अधिकाशं सरकारी कार्यलयका प्रमुखहरुलाई भेटि चुनावमा असहयोग गर्न आग्रह गरेको हो ।
सुनसरी जिल्लाका ईन्चार्ज कृष्ण कुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले जिल्ला विकास समन्वय परीषद् ,जिल्ला वन कार्यलय , भुमिसुधार कार्यलय , शिक्षा , कृषि यातायात लगायतका कार्यलयमा गई ध्यानाकर्ष गराएको सो ।
सोक्रममा जिल्लाका प्रमुखहरुले कम्युनिष्ट पार्टीले चलाएको निर्वाचन खारेजी अभियानमा नैतिक समर्थन रहने प्रतिबद्धता जनाउदै निर्वाचन भएमा सरकारी निर्देशन हुनाले सहभागीता जनाउनु पर्ने बताएका थिए ।

ईन्चार्ज प्रज्वल श्रेष्ठ सहितको टोली जिल्ला बन कार्यलयका प्रमुख अधिकृत राजेन्द्र श्रेष्ठसँग छलफल गर्दै .
कम्युनिष्ट पार्टीले निर्माण गरेको जनसत्ता र यसले सुरु गरेको कर संकलन प्रक्रिया र विकास निर्माणको बिषयमा पनि जानकारी गराएको थियो ।
सुनसरीको ईनरुवाबाट ईन्चार्ज श्रेष्ठको नेतृत्वमा अभियान जारी छ भने धरानतर्फबाट जिल्ला सेक्रेटरी युगेन राईको नेतृत्वमा अभियान चलिरहेको सो पार्टिले जनाएको छ । अभियान अन्तरगत प्रत्येक जनताको घरघरमा पुगेर निर्वाचन खारेजी , वैज्ञानीक समाजवाद , सामाजिक बिकृति बिरुद्ध खबरदारी , भित्तेलेखान , पर्चा पम्प्लेट टास्ने , जनतासँग छलफल गर्ने लगायतका काम भईरहेको छ ।