पाँचथरकाे एकचेपामा भिषण अागलागी , १५ घरगाेठ जले

पाँचथरकाे एकचेपामा भिषण अागलागी , १५ घरगाेठ जले

  • सोमवार, चैत्र २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

पाँचथर, २८ चैत ।

पाँचथरको सुभाङ–२ एकचेपा  स्थित   पाखागाउँमा आगलागी हुँदा १५ घरगोठ जलेर नष्ट भएका छन् । आज (साेमवार ) मध्यान्न करिब १२ः४५ बजे जंगलबाट आगो बस्तीमा पस्दा १५ ङर जलेकाे जनाइर्एकाे छ । भौतिक क्षति भए पनि मानवीय र प्राणीजन्य क्षति भने नभएको बताइएको छ ।

आगोबाट पाखागाउँका इन्द्रबहादुर पन्थाकका घर, ग्वाली र बस्तु कटेरा गरेर तीनवटा संरचना जलेर ध्वस्त भएका छन् । यसैगरी अग्नी पन्थाकको १ घर, मदनकुमार चापागाईको १ घर र १ ग्वाली, राजकुमार पन्थाकको २ वटा ग्वाली, र राजेन्द्र पन्थाकको एउटा बस्तुकटेरो जलेर नष्ट भएको छ ।

यता मान्छे बसाई सरेर खाली रहेका मनबहादुर खनालसहितका ६ वटा घरगोठ जलेर नष्ट भएका छन् । यसरी क्षति हुनेहरुमा कुलबहादुर खनाल, गोपाल खनाल, गोपी खनाल, चन्द्रकुमार चापागाई र रवीलाल चापागाईको घर रहेका छन् ।

तमोर नजिकबाट सुरु भएको आगो गाउँ पस्दा यो दुर्घटना भएको स्थानीय श्री सिंहमार्ग प्रा.वि.का प्रधानाध्यापक सूर्यबहादुर योङ्याले जानकारी दिए । उनका अनुसार जंगलमा आगो सुरुभएको १५ मिनेटमै बस्तीमा प्रवेश गरिसकेको थियो । मध्यान्न करिब पौने १ बजेबाट सुरु भएको आगलागी आर्मी, पुलिस, फिदिम नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा करिब ४ बजेमात्रै नियन्त्रणमा आएको थियो । अहिले पनि जंगलमा भने आगलागी भइरहेको प्रअ योङ्याले जानकारी दिए ।

विद्यालयमा आज रिजल्टको दिन भएकोले भेला भएका विद्यार्थीहरु आगलागीले निक्कै आतङ्कीत बनेका थिए । विद्यालयमा आएको धुवाको मुस्लोले विद्यार्थीलाई निक्कै गाह्रो भएको प्रअ योङ्याले बताए । उनले भने, ‘विद्यार्थीलाई ग्राउण्डमा, बारीको पाटामा घोप्टे पारेर करिब १५ मिनेट सुताएर जोगाइयो ।’ आगलागी जंगलमा गोठालाहरुको लापरबाहीको कारण फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ