भक्तपुरमा नेकपाकाे “चुनाव खारेज” अभियान तिव्र

भक्तपुरमा नेकपाकाे “चुनाव खारेज” अभियान तिव्र

  • सोमवार, चैत्र २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

जन्मदेव जैसी, भक्तपुर ।

दाेर्लाङ नेपाल कम्युनिस्ट पार्टीको एकीकृत जागरण तथा प्रतिरोध अभियान अन्तर्गत भक्तपुरमा अभियान तिव्र पारिएकाे छ । चैत्र २४ गतेबाट उद्घाटित अभियानकाे तेश्राे दिन सुर्यविनायक नपाकाे दाेर्लाङ पुगेकाे छ ।

पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज अाजादकाे कमाण्डमा चलेकाे भक्तपुरकाे अभियानमा जनताले अाफुलाई पुनः लुट्नका लागि लाइसेन्स लिनका लागि गर्न लागिएकाे कथित स्थानीय चुनावमा सहभागी नहुने प्रतिवद्धता जनाएका थिए । अभियान अवधिभर टाेलीलाई जनता खाना/खाजा खुवाउने सम्मान गर्नेदेखि कतिपय अभियान टाेलिमै स्वस्फुर्त सहभागी भएका थिए ।

जिल्ला सेक्रेटरी कुशल बाेगटीका अनुसार जिल्लाकाे घुमाउने, खरिपार्टी, तेलकाेट, गाउँरुलीलगायतका गाउँमा जनता स्वतःस्फुर्त अभियानमा जाेडिनेदेखि अभियान टाेलीलाई हरतरहले साथ दिन काम गरे । पार्टीकाे उपत्यका विशेष व्युराे अन्तर्गत ५ नं. कमाण्डकाे उक्त अभियानले जनतामा छुट्टै खालकाे उत्साह पाइएकाे इन्चार्ज अाजादले अनुभूति सुनाए । “हामी त छक्क पनि परेका छाैं, जनता दलहरुकाे सत्ता लुछाचुडी र दलाल प्रवृतिबाट यति बाक्क रहेछन्” अाजादले भने, “हाम्राे चुनाव खारेजकाे नीति बैज्ञानिक छ भन्ने अभियानमा पुनःपुष्टि भयाे।”

मगरगाउँ, कटुञ्जे, सुर्यबिनायक, सुशिला भैरवस्थानलगायतका ठाउँमा अायाेजित सभामा सयाैं जनता सहभागी भई चुनाव खारेज हुनुपर्ने मत राखेका थिए । २८ र २९ गतेसम्म डाेलेश्वर, सिपाडाेल, टार, दाेर्लाङलगायतका गाउँमा अभियान चल्नेछ ।

सेक्रेटरी कुशलका अनुसार अभियानमा अहिले जिल्ला सदस्यसम्म मात्र सहभागी भएकाे र बैशाखदेखि पुन सबै ठाउँमा एरिया सदस्य र पार्टी सदस्य पनि सहभागी गराइनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ