राहदानीको दुरूप्रयोग गरेमा पाँच वर्ष कैद र पचास हजार जरिवाना

राहदानीको दुरूप्रयोग गरेमा पाँच वर्ष कैद र पचास हजार जरिवाना

  • सोमवार, चैत्र २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, चैत्र २८ ।
अब आफ्नो राहदानी अरू कसैलाई प्रयोग गर्न दिए पाँच वर्षसम्म कैद हुने भएको छ । नयाँ संविधानबमोजिम राहदानी ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकमा सो व्यवस्था गरिएको हो ।

राहदानी ऐन २०५४ को दफा ५ लाई संशोधन गर्दै आफ्नो नामको राहदानी अरूलाई प्रयोग गर्न दिएमा वा अर्काको राहदानी प्रयोग गरेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ ।

यसैगरी, झूटो बयान वा विवरण दिई राहदानी प्राप्त गरेमा वा प्राप्त गर्न प्रयत्न गरेमा, नियमविपरीत विदेश भ्रमण गरेमा वा गर्ने प्रत्यन्न गरेमा वा नेपाल सरकारले दिएको आदेश वा निर्देशनको पालना नगरेमा, जुन उद्देश्यका लागि राहदानी जारी गरिएको हो सो बाहेक अन्य उद्देश्यका लागि प्रयोग गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।

यसअघिको व्यवस्थामा एक वर्षसम्म कैद र पाँच सय रुपैयाँ जरिवाना रहेको थियो । यो नियमको बर्खिलाप गर्दै अन्य कुनै काम कारबाही गरेमा निजलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना हुनेछ । यसमा एक वर्ष पुरानै व्यवस्था राखिएको छ भने जरिवाना पाँच सयबाट बढाएर १० हजार रुपैयाँ पु¥याइएको छ ।

व्यवस्थापिका संसद्को विधायन समितिअन्तर्गत गठन भएको उपसमितिले आइतबार केही नेपाल कानूनलाई संशोधन, एकीकरण समायोजन र खारेज गर्ने विधेयक प्रतिवेदन समितिमा बुझाएको छ । यसैगरी, स्टाण्डर्ड नाम र तौल ऐन २०२५ मा संशोधन गर्दै दफा १९ क र ख दफा थप गरिएको छ ।

तौलको साधनमा नक्कली छाप वा टाँचा लगाउन वा अन्य कुनै उपायद्वारा चलन चल्तीको नाप वा तौललाई घटबढ हुनसक्ने बनाएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ । त्यो नाप तौलका साधन समेत जफत हुनेछ ।

गाडीले ठक्कर दिएर २१ दिनभित्र मानिस मरेमा त्यो सवारी चलाउने व्यक्तिलाई कसुरको मात्र हेरेर तीन वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना गरिने उल्लेख छ । यसअघि सरकारले जन्म कैदको व्यवस्था गरेर विधेयक ल्याएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ