आजदेखि स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको सम्मलेन हुदै

आजदेखि स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको सम्मलेन हुदै

  • सोमवार, चैत्र २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, २८ चैत ।
आजदेखि स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् २७औँ वर्षमा प्रवेश गरेको अवसरमा सम्मेलन हुन लागेको सम्मेलन आजदेखि ३० गतेसम्म काठमाडौँमा हुनेछ ।

सम्मेलनमा एक हजार स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकले विभिन्न आठवटा विधाका अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्नेछन् ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद् २७औँ वर्षमा प्रवेश गरेको अवसरमा सम्मेलन हुन लागेको हो ।

परिषद्का कार्यकारी अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले सम्मेलनमा नसर्ने रोग, पोषण, मातृ तथा बालस्वास्थ्य, सरुवा, उष्ण प्रदेशीय ट्रपिकल रोग तथा वातावरणीय र पेसागत संस्था, मानसिक स्वास्थ्य, स्वास्थ्य व्यवस्था, यौन र प्रजनन् स्वास्थ्य तथा किशोरकिशोरी स्वास्थ्य र सिस्टमेटिक रिभ्यु विषयमा कार्यपत्र प्रस्तुत गरिने जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखाका प्रमुख डा झोलाराम श्रेष्ठले चिकित्सा सेवामा अनुसन्धान अपरिहार्य भएको बताउनुभयो । उहाँले नागरिकलाई विशिष्ठ उपचार सेवा प्रदान गर्न अनुसन्धान आवश्यक भएकाले यस्ता सम्मलेनले चिकित्सकलाई टेवा पुग्ने बताउनुभयो ।

सम्मेलनबाट अनुसन्धानकर्ता र वैज्ञानिकलाई आफ्नो खोज अनुसन्धानलाई प्रचारपसार गर्न प्रेरित गर्ने विश्वास लिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ