भात खाने बानिले नेपाल प्रतिदिन परनिर्भर बन्दै गएको डरलाग्दो तथ्याङ्क सार्वजनिक

भात खाने बानिले नेपाल प्रतिदिन परनिर्भर बन्दै गएको डरलाग्दो तथ्याङ्क सार्वजनिक

  • सोमवार, चैत्र २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, २८ चैत । नेपाल राष्ट्र बैंकले रोजगारीका लागी युवा जनशक्ति बाहिरिदा बर्सेनि उत्पादकत्व घट्दै गएको जनाएको छ । जसका कारण नेपाल प्रतिदिन परनिर्भर बन्दै गएको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ ।

दैनिक एकहजार ५०० नेपाली वैदेशिक रोजगारीका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिइरहेको भन्दै राष्ट्र बैंकले चालु आर्थिक वर्षको आठ महिनाको तथ्याङ्क सार्वजनिक गर्दै नेपालीको भात खाने बानीका कारण रु १६ अर्ब २१ करोड बराबरको चामल आयात भएको जनाएको छ ।

भात खाने बानीले नेपालीलाई परनिर्भर बढाउँदै लगेको राष्ट्र बैंकले आईतवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा भात खानका लागि मात्र रु १६ अर्ब २१ करोडको चामल भारतबाट आएको छ । अघिल्लो वर्ष सोही अवधिमा रु १३ अर्ब ४३ करोडको चामल आयात भएको थियो ।

बैंकका अनुसार गत आठ महिनामा भारतबाट मात्रै रु सात अर्ब ८८ करोडको तरकारी आएको छ । यस्तै, फलफूल मात्र भारतबाट आठ महिनामा रु तीन अर्ब ३७ करोडको आयात भएको बैंकले जनाएको छ । बैंकका अनुसार सो अवधिमा नेपालबाट वस्तु आयातका लागि रु छ खर्ब २८ अर्ब रकम बाहिरिएको छ । तर निर्यातबाट रु ४८ अर्ब मात्र भित्रिएको छ ।

चालु आवको आठ महिनामा रु ५५ अर्ब ७२ करोड मुल्यको गाडी आयात भएको छ । आयात अत्यधिक बढेका कारण व्यापार घाटा रु पाँच खर्ब ८० अर्ब पुगेको छ ।

यस्तै , केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०.४ प्रतिशतले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति १०.३ प्रतिशत रहेको थियो ।

सो समूहअन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा ११.२ प्रतिशत, तरकारीको मूल्यमा ८.३ प्रतिशत, घ्यु तथा तेलको मूल्यमा ५.८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा ०.१ प्रतिशतले कमी आएकाले समग्र खाद्य मुद्रास्फीति ऋणात्मक रहन गएको हो ।

समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १५.२ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य भने १०.७ प्रतिशतले वृद्धि भएको छ ।

बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सहरी क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा मूल्यवृद्धि बढी रहेको छ । क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ५.९ प्रतिशत, हिमालमा ३.७ प्रतिशत, तराईमा २.८ प्रतिशत र काठमाडौँ उपत्यकामा १.९ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १०.४ प्रतिशत, हिमालमा ८.५ प्रतिशत, तराईमा ८.६ प्रतिशत र काठमाडौँ उपत्यकामा १२.७ प्रतिशत रहेको थियो ।

चालु आवको आठ महिनामा मुलुकमा वैदेशिक लगानी चार गुणाले बढेको छ । आज सार्वजनिक भएको मुलुकको वर्तमान आर्थिक स्थिति नामक प्रतिवेदनमा रु आठ अर्ब ३५ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

गत आवको सोही अवधिमा जम्मा रु दुई अर्ब ३४ करोड मात्रै वैदेशिक लगानी भित्रिएको थियो । जलविद्युत्, होटल लगायतका क्षेत्रमा लगानी थपिएपछि वैैदेशिक लगानी गुणात्मकरुपमा बढेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी