सप्तरी घटनामा सरकारको कमजोरी रहेको संसदीय समितिको निष्कर्ष

सप्तरी घटनामा सरकारको कमजोरी रहेको संसदीय समितिको निष्कर्ष

  • आइतवार, चैत्र २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमान्डौ चैत्र २७।
सप्तरीको राजविराजमा ५ जनाको मृत्यु हुने गरी भएको घटनामा सरकारको कमजोरी देखिएको संसदीय छानविन समितिले निष्कर्ष निकालेको छ ।

समितिले मृतकका परिवारलाई राहत दिन र घटनापछि बिस्थापित भएका एमालेका स्थानीय नेता कार्यकर्ताको सुरक्षामा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ ।

गत फागुन २३ गते एमालेको मेची महाकाली अभियानका क्रममा राजविराजको आयोजित आमसभा बिथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा ५ जनाको मृत्यु भएको थियो ।

घटनाको छानविन गर्न संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले कांग्रेस सांसद मुख्तार अहमदको संयोजकत्वमा एक उपसमिति गठन गरेको थियो । उपसमितिले घटनास्थल र मृतकहरुको घरमै पुगेर घटनाबारे जानकारी लिनुका साथै सुरक्षा निकाय, मधेसी मोर्चा, एमाले र जिल्लास्थित अन्य राजनीतिक दल तथा नागरिक समाजका प्रतिनिधिहरुसँग परामर्श गरेको थियो ।

संसदीय समितिले एमालेको मेची महाकाली अभियान मधेसमा प्रवेश गर्ने नदिने र निषेधको व्यवहार देखाउने मोर्चाको गतिबिधि अलोकतान्त्रिक रहेको ठहर गरेको छ ।

त्यस्तै गोली चलाउनुपर्ने परिस्थिति नभई गोली चलेको, मृतकमध्ये कतिपयको छाती, टाउको र पेटमा गोली लागेको र घाइतेको पनि घुँडाभन्दा माथि गोली लागेको देखिएको उपसमितिले जनाएको छ ।

उपसमितिले जथाभाबी गोली चलाउने सुरक्षाकर्मीलाई कानुनी कारवाहीको दायरमा ल्याउन र अब यस्ता घटना हुन नदिनेतर्फ सचेत गराएको छ । सप्तरी घटनामा सरकारको कमजोरी देखिएको उपसमितिले निष्कर्ष निकालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ