पदसँग सहिदको सपना साटेर रमाउनेहरुलाई छाडिदैन : आदर्श खकेन्द्र के.सी.

पदसँग सहिदको सपना साटेर रमाउनेहरुलाई छाडिदैन : आदर्श खकेन्द्र के.सी.

  • आइतवार, चैत्र २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

चैत्र २७, रोल्पा ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य चुडामणी वली आदर्शले कम्युनिष्टलाई केहि नहुने गरिवको पार्टी भनेर हेप्नेहरुलाई आफुले नयाँ विचारको विकास गरेर देखाइ दिएको बताएका छन ।

आफ्नो पार्टीले महाधिवेशनबाट जनता, कार्यकर्ता र नेतालाई सहि ढंगले सम्बोधन गरेको बताउदै उनले आफ्नो पार्टीले छाती गर्विलो बनाएर सबैलाई समेट्न पार्टीको नाम नै नेपाल कम्युनिष्ट पार्टी बनाएर सबैलाई समेट्ने विचार उत्पादन गरेको बताएका हुन ।

उनले आफुले विकास गरेको विचार एकिकृत जनक्रान्तिमा जनताले जतिपनि सम्पत्ती कमाउने, कार्यकर्तालाइ नियन्त्रण गर्ने र नेतालाई आवश्यकता अनुसार सम्पत्ती दिने बताएका हुन । खगेन्द्र जनप्राथमिक विद्यालय झ्याम रोल्पामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीले सबैलाई समेटेर जाने भएकाले पुरानै नजरबाट नहेर्न आग्रह गरेका छन ।

अदालतले सहिदको घरमा म्याद टाँस्दैछ तर कोही सभामुख उपराष्ट्रपती हुदैमा टुलुटुलु हेरेर बस्न नदिने भन्दै उनले पदसंग सहिदको सपना साटेर रमाउनेहरुलाई नछाडिने बताएका हुन । आफुहरुलाई चन्दा उठाउछन भनेर आरोप लगाउने एमाले काग्रेशहरुले घरको सम्पत्तीले राजनीति गरेका छैनन बरु घुमाउरो ढंगले राष्ट्रको सम्पत्ती सकिरहेको आरोप लगाएका छन ।

जनताबाट विभिन्न बहानामा लुटेर त्यहि लुटको स्वर्गमा रमाउनेहरुलाई जनताले नछाड्ने उनले बताएका हुन । स्थानिय तहको चुनावलाई कथित भन्दै उनले चुनावमा भोट नहाल्नु पनि अधिकार हो यदी चुनाव भोट नहालेकै भरमा कुनै जनतालाई प्रहरी प्रशासन लगाएर धरपकड गरेमा आफुले त्यस्ता व्यक्तीलाई पनि नछाड्ने बताएका छन ।

कार्यक्रममा विद्यालयको स्तर उन्नतिका लागि निर्माण गरिएको कोषमा सहयोग गर्ने सहयोगी दाता एक कार्यक्रमका बिच सम्मान गरिएको छ । श्री सहिद खकेन्द्र जन प्राथामिक विद्यालय झ्याम डाडा जिनाबाङ ५ रोल्पालाई २०७३ सालको तिहारको देउसी भैलो कार्यक्रममा दान दक्षिना र सारथि कोषमा सहयोग गर्ने व्यक्तिलाई आज एक कार्यक्रमका बिच सम्मान गरिएको छ । जम्मा ७ लाख ८४ हजार ७ सय ४७ रुपैयाँ प्राप्त गर्ने उक्त विद्यालयले दाताहरुलाई विभिन्न समुहमा विभाजन गरि नाम लेखेको छ ।

जसमा ७ हजार ५ सय भन्दा माथि सहयोग गर्नेको नाम सिलालेखमा लेखिएको छ । २१ सय देखि ४ हजार सम्म सहयोग गर्नेको विद्यालयमा फोटो टासिंएको छ, १ हजार देखि २१ सय सम्म सहयोग गर्नेको डिजिटल बोर्डमा नाम लेखिएको छ । एक हजार देखि तल सहयोग गर्नेलाई भने सम्मान पत्र दिएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य चुडामणिा वलि , सभापति विध्यालयका अध्यक्ष सुरवीर वलि , संचालन प्रअ प्रविन कुमार वलिले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ