बर्दिवासको मुसहर बस्ती नयाँ वर्षमा हस्तान्तरण

बर्दिवासको मुसहर बस्ती नयाँ वर्षमा हस्तान्तरण

  • आइतवार, चैत्र २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

बर्दिवास, २७ चैत ।

महोत्तरीको बर्दिवासमा निर्माण गरिएको एकीकृत नमुना मुसहर बस्ती आगामी वैशाख १ गते मुसहरलाई हस्तान्तरण गरिने भएको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनले गत पुस २५ गते शिलान्यास पछि सुरु गरिएको बस्ती निर्माण कार्य सकिएको छ ।

बर्दिवासमा आयोजित सर्वपक्षीय बैठकमा बोल्दै फाउण्डेसनका सीताराम कट्टेलले निर्माण सुरु गरेको ९५ औंँ दिनभित्रै काम सकेको जानकारी दिनुभयो ।

वैशाख १ गते बिहान ८ बजे सुरु हुने हस्तान्तरण समारोहमा
गत पुस २५ गते हास्यकलाकार मह जोडीले शिलान्यास गरेको सो बस्तीमा ५० घरधुरी मुसहरका लागि ५० घर, एउटा सामुदायिक भवन, दुई सार्वजनिक शौचालय, बालोद्यान, दृश्यस्तम्भ र मुसहरका कुलदेवता दिनभद्रीको मन्दिर बनेका छन् ।
यसैगरी विगतमा मुसहर बस्तीभित्रै बस्दै आएका अन्य समुदायका तीन परिवारका लागि फाउन्डेसनले थप तीन घर बनाएको छ । सबै घर खानेपानी धारा, शौचालय, बिजुली र सडक सुविधासँग जोडिएको तथा अपाङ्गता भएका, बालबालिका र वृद्धवृद्धा वातावरणमैत्री बनेको फाउन्डेसनका परियोजना प्रबन्धक अर्जुन न्यौपानेले जानकारी दिनुभयो । बस्तीको निर्माण लागत करिब रु पाँच करोड छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ