एमालेद्धारा बाँकेमा वडा तहबाट उम्मेदवार छनोट प्रक्रिया सुरु

एमालेद्धारा बाँकेमा वडा तहबाट उम्मेदवार छनोट प्रक्रिया सुरु

  • आइतवार, चैत्र २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

नेपालगञ्ज, चैत २७।
नेकपा एमालेले बाँकेमा स्थानीय तहको निर्वाचनका लागि वडा तहबाट उम्मेद्वार छनौट प्रक्रिया सुरु गरेको छ । खजुरा गाउँपालिका अन्तर्गत वडा नम्बर ३ र ४ वडा कमिटीको बैठकले वडा अध्यक्ष र सदस्यका उम्मेद्वारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

वडा नम्बर ४ वडा कमिटीका अध्यक्ष निर्मल खनालको अध्यक्षतामा बसेको बैठकले वडा अध्यक्षमा युवा संघ बाँकेका कोषाध्यक्ष तिलकबीर सुनारको नाम सर्वसम्मत छनौट गरेको छ । यसैगरी महिला सदस्यमा एकमाया खनाल, दलित सदस्यमा विरमादेबी सुनारको नाम सर्वसम्मत सिफारिस भएको छ ।

यसैगरी वडा सदस्यमा दलबहादुर विसी, बलबहादुर कठायतको नाम सिफारिस भएको छ । वडा नम्बर ३ को वडा कमिटीको बैठकले वडा अध्यक्ष खजुरा गाउँपालिकाका सह संयोजक सतिश निरौला, वडा सदस्यमा पूर्ण बहादुर भण्डारी र नरबहादुर खत्रीको नाम सिफारिस गरेको छ ।

खजुरा गाउँपालिका अन्तर्गत वडा नम्बर २ सीतापुरको बैठकले अध्यक्षका लागि कृष्ण राना, देबीलाल खनाल र यामबहादुर महताराको नाम सिफारिस गरेको छ । एमाले बाँकेका सचिव रत्न खत्रीले वडा तहबाट कतिपय वडामा सर्वसम्मत नाम सिफारिस भएको र कतिपय वडामा आकांक्षी सबैको नाम जिल्ला कमिटीमा सिफारिस भएको जानकारी दिनुभयो ।

चैत ३० गतेभित्र वडा कमिटीको बैठकले वडा अध्यक्ष र सदस्यको नाम सिफारिस गरिसक्न एमाले जिल्ला कमिटीले निर्देशन दिएको छ । वडाबाट सिफारिस भएर आएको नाममा जिल्ला कमिटीले वैशाख पहिलो सातापछि अन्तिम निर्णय गर्ने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ