वरीयता बिवादले मन्त्रीपरिषद बैठक भोली सम्मका लागि स्थगित

वरीयता बिवादले मन्त्रीपरिषद बैठक भोली सम्मका लागि स्थगित

  • आइतवार, चैत्र २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, चैत २७।
झण्डै एक महिनापछि आजका लागि बोलाइएको मन्त्रिपरिषदको बैठक अचानक स्थगित गरिएको छ । उपप्रधानमन्त्रीहरुको वरीयता विवादका कारण गत चैत ३ गतेदेखि मन्त्रिपरिषदको बैठक बस्न सकेको छैन ।

संविधान संशोधनको नयाँ विधेयकमा मधेशी मोर्चासँग सहमति हुन नसकेपछि बैठक भोलि अपरान्ह तीन बजे सम्मका लागि स्थगित गरिएको जनाइएको छ ।

तर प्रधानमन्त्री पुष्पकमल दाहालले कमल थापालाई पहिलो वरीयता दिने संकेत पाएपछि अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधि विराटनगर गएको र सोही कारण बैठक रोकिएको बुझिएको छ ।

उपप्रधानमन्त्रीद्वय कमल थापा र विमलेन्द्र निधिमध्ये कसलाई पहिलो वरीयता दिने भन्ने विवादका कारण सरकार नै निष्क्रिय अवस्थामा पुगिसकेको छ । जसका कारण सर्वोच्च अदालतले परमादेश जारी गर्दा समेत नेपाल प्रहरीमा महानिरीक्षक नियुक्ति हुन सकेको छैन भने कैयौं महत्वपूर्ण निर्णयहरु रोकिएका छन् ।

मन्त्रिपरिषद बैठक बस्न नसक्दा सर्वोच्च अदालतको आदेश अनुसार प्रहरी प्रमुख नियुक्त हुन सकेको छैन भने कैयौं महत्वपूर्ण कामहरु अघि बढ्न सकेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ