चीन सरकारको अनुदानबाट प्राप्त सामान विषयमा छलफल

चीन सरकारको अनुदानबाट प्राप्त सामान विषयमा छलफल

  • आइतवार, चैत्र २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, चैत्र २७ ।
चीन सरकारको अनुदानबाट प्राप्त विद्युतीय चुलो (इण्डक्सन चुलो) बिक्री वितरण र त्यसको समाधान विषयलाई लिएर आज राजधानीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

सो कार्यक्रममा बोल्दै ललितपुर क्षेत्र नं. २ का सभासद् चन्द्र महर्जनले भारतद्वारा अघोषित रूपमा गरिएको नाकाबन्दीका क्रममा चीन सरकारले अनुदानको रूपमा दिएको विद्युतीय चुलोको मूल्यमा विवाद हुँदा भन्सारमा त्यत्तिकै राख्नु पर्दा नेशनल ट्रेडिङ लिमिटेड घाटा सहेर बस्नुपर्ने बाध्यतालाई समाधान गर्नतिर अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।

चीन सरकारबाट पहिलो पटक १०,००० र पछिल्लो समय एक हजार तीन सय वटा विद्युतीय चुलो आयात भएको थियो । जसको मूल्य साढे १३ सयदेखि साढे चार हजार मूल्यमा बिक्री गर्ने निधो गरिएको थियो । तर, हाल आएर सो चुलोको ११ हजार नौ सय ९५ मूल्य तोकिएपछि यस विषयमा थप विवाद भएको थियो । तर उक्त मूल्य सर्वसाधारणलाई सहज हुनेगरी मूल्य निर्धारण गर्नुपर्नेमा सहभागी वक्ताहरूले आ–आफ्नो धारणा व्यक्त गरेका छन् ।

बैठकमा कार्यक्रमका संयोजक सुभाषचन्द्र ठकुरी, आपूर्ति मन्त्रालयका निमित्त सचिव, अर्थमन्त्रालयका उप–सचिवलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी