आर्थिक अनियमितामा कम्युनिस्ट पार्टीले कार्वाहि गरेपछि माओवादी केन्द्रमा प्रवेश

आर्थिक अनियमितामा कम्युनिस्ट पार्टीले कार्वाहि गरेपछि माओवादी केन्द्रमा प्रवेश

  • आइतवार, चैत्र २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

२६ चैत्र,ललितपुर । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले दुई जिल्ला सदस्यलाई कारवाही गर्ने निर्णय गरेसँगै माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

जिल्ला सदस्य केशव देसहार सांगठानिक र सविन्द्र महर्जनलाई आर्थिक अराजकताको आरोप पुष्टि भएपछि माओवादी केन्द्रमा प्रवेश गरेको जिल्ला सेक्रेटरी विपिनले जानकारी दिए ।

‘केशवजीले पार्टी संगठनको अनुशासनभन्दा बाहिर रहेर गतिविधि गरेको र सविन्द्रजीले आर्थिक हिनामिना गरेको कुरा जिल्लामा उठेपछि अनुसन्धानमा गरिएको थियो, अारोप पुष्टि भएपछि कारवाही गर्ने निर्णयसँगै पार्टी परित्या गरेको जानकारी भएको छ’ सेक्रेटरी विपिनले भने । गल्ती ढाकछोप गर्न माओवादी केन्द्रमा प्रवेश गरेको भन्दै सेक्रेटरी विपिनले जहाँ गएपनि गल्तीअनुसार सजाय हुने बताए ।

नेपाल कम्युनिस्ट पार्टी निकट नेवा मुक्ति मोर्चाका जिल्ला अध्यक्ष समेत रहेका महर्जनले पार्टीको आडमा आर्थिक हिनामिनाका साथै चन्दा असलु गरेको सेक्रेटरी विपिनको अारोप छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ