एनसेल कर छली विवादमा प्रधानमन्त्रीले आज जवाफ दिदै

एनसेल कर छली विवादमा प्रधानमन्त्रीले आज जवाफ दिदै

  • आइतवार, चैत्र २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ २७ चैत्र ।
एनसेल करछली विवादमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज सरकारका तर्फबाट लेखा समितिमा जवाफ दिँदै हुनुहन्छ । एनसेलको स्वामित्व बिक्रीमा भएको कर छली प्रकरणमा सरकारको संलग्नता देखिएपछि समितिले सरकारसँग जवाफ माग गरेको हो ।

एनसेलको पुँजिगत लाभकरमा सरकारको संलग्नताको समाचार प्रसारण भएपछि लेखा समितिका सदस्यहरुले जवाफका लागि प्रधानमन्त्री दाहाललाई बोलाएका थिए ।

सिंहदरबारमा दिउँसो २ बजेका लागि बोलाईएको लेखा समितिको बैठकमा प्रधानमन्त्री दाहालले एनसेलले कर तिर्नु पर्नेर नपर्ने बिषयमा जवाफ दिनुहुने समिति सदस्य समेत रहेका कांग्रेस सांसद रामहरी खतिवडाले जानकारी दिनुभयो ।

यसअघिको बैठकमा उपस्थित उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले एनसेल खरिद बिक्री सम्बन्धमा कर तिर्न नपर्ने विवादास्पद निर्णय प्रधानमन्त्री दाहालले मन्त्रीपरिषदमा लगेको बताएपछि समितिले प्रधानमन्त्रीसंग त्यसको जवाफ माग गरेको हो ।

अर्थमन्त्री महराले प्रधानमन्त्रीको निर्देशनमा सो प्रस्ताव मन्त्रीपरिषदमा पेश भएको जवाफ दिएपछि समितिले प्रधानमन्त्री दाहालसंग एनसेल प्रकरणमा सरकारसंग प्रष्ट हुन चाहेको हो ।

समितिले ३ महिनाभित्र एनसेलसंग पुजिगत लाभकर असुल्न अर्थमन्त्रालय र राजस्व विभागलाई निर्देशन दिएपनि सरकारी नियका संस्थागत रुपमा नै एनसेललाई जोगाउन लागेको आरोप लाग्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ