निर्वाचन सम्बन्धी सामग्री जिल्ला पठाउन सुरु

निर्वाचन सम्बन्धी सामग्री जिल्ला पठाउन सुरु

  • आइतवार, चैत्र २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौ ,२७ चैत्र ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक सामग्री जिल्ला पठाउन सुरु गरेको छ । आयोगले शनिबारसम्ममा ५४ जिल्लाका लाग मतदाता शिक्षा सम्बन्धी सामग्री पठाएको जनाएको छ ।

यस पटक मतदाता शिक्षाका लागि पाँच प्रकारका पोस्टर, निर्वाचनका सम्बन्धमा बारम्बार सोधिने प्रशनको जवाफ, हातेपुस्तिका, स्रोत पुस्तिका जस्ता सामग्री तयार पारिएको मतदाता शिक्षा शाखा प्रमुख नवराज ढकालले जानकारी दिनुभयो ।

मतदाता शिक्षाका लागि वैशाख १ गतेदेखि २१ हजार मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेवक मतदाताको घरदैलोमा खटिने आयोगले जनाएको छ । उनीहरुले मतदानका विषयमा शिक्षा प्रदान गर्नेछ ।

आयोगले मतदाता परिचय वितरणको काम भने आगामी वैशाख २८ देखि ३० गतेसम्म सम्बन्धित मतदान केन्द्रबाटै गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ