काठमाडौ २७ चैत्र ।
गैर आवासीय नेपाली संघ एनआरएनको आयोजनामा आजदेखि अतिथि देवो भवः अभियान सुरु हुदैछ । नेपालको पर्यटन प्रवद्र्धनका लागि अभियान सन्चालन गर्न लागिएको एनआरएनले जनाएको छ ।
काठमाडौ, लुमिबनी, पोखरा र चितवनबाट एकसाथ सुरु हुने अभियान मार्फत नेपालका प्राकृतिक र साँस्कृतिक सम्पदा तथा भौगोलिक जैविक विविधताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइने बताइएको छ ।
अभियानका अन्तरगत नेपालमा आएका विदेशी पाहुनालाई फेरि भ्रमण गर्ने वातावरण बनाउने र अरुलाई पनि भ्रमणको सिफारिस गर्न प्रेरित गरिने एनआरएनका उपाध्यक्ष भुवन भट्टले जानकारी दिुनभयो ।
अभियान मार्फत एनआरएनको सन्जाल रहेका ७५ वटा मुलुकमा बस्ने प्रत्येक नेपालीले नेपालको साँस्कृतिक क्षेत्र, सम्पदा तथा पर्यटन क्षेत्रबारे विदेशमा जानकारी गराएर तीन जना विदेशी नेपालमा पठाउन भूमिका निर्वाह गर्ने लक्ष्य समेत लिएको छ ।