दबाबपछि नौ जना सांसद्ले गरे ७६ लाखको चेक फिर्ता

दबाबपछि नौ जना सांसद्ले गरे ७६ लाखको चेक फिर्ता

  • आइतवार, चैत्र २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, चैत्र २७ ।
सहकारी ऐनको मस्यौदा पारित गरी थाइल्याण्ड र कोरिया अध्ययन भ्रमणमा जाने तयारी गरेका सांसद्हरूले आफ्नो भ्रमण रद्द गरेका छन् ।

गरिबी निवारण तथा सहकारी मन्त्रालयमाथी दबाब बढाएर विदेश भ्रमणमा जान लागेका संसद्को अर्थ समितिका नौ जना सदस्यहरूले आफ्नो भ्रमण रद्द गरेका हुन् । भ्रमणका लागि मन्त्रालयबाट बुझेको ७६ लाख रुपैयाँसमेत उनीहरूले फिर्ता गरेका छन् ।

एमालेका गरिमा शाह, केदारप्रसाद सञ्जेल, कांग्रेसका कमला पन्त, जगदीशनरसिंह केसी, उदयशमशेर राणा, माओवादी केन्द्रका हरिलाल ज्ञवाली, फोरम लोकतान्त्रिकका डा. सुबोध पोखरेल र थरूहट तराई पार्टी नेपालका गोपाल दहित अध्ययन भ्रमणमा जाने तयारीमा थिए ।

उपसमिति संयोजक भरतमोहन अधिकारी भने अस्वस्थताका कारण भ्रमणमा नजानेमा थिए । ‘उहाँहरूले मन्त्रालयबाट अध्ययन भ्रमणका लागि विदेश जाने भनेर बुझ्नुभएको ७६ लाखको चेक मन्त्रालयमै फिर्ता गर्नुभएको छ,’ गरिबी निवारण तथा सहकारी मन्त्रालय श्रोतले भन्यो । समाचार प्रकाशित भएको भोलिपल्टै २४ चैत्रमा उनीहरूले चेक फिर्ता गरेका हुन् ।
आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ