सहकारी क्षेत्रको दीर्घकालीन रणनीतिक योजना बनाउन प्रदेशस्तरीय कार्यशाला सुरू

सहकारी क्षेत्रको दीर्घकालीन रणनीतिक योजना बनाउन प्रदेशस्तरीय कार्यशाला सुरू

  • शनिबार, चैत्र २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

जनकपुरधाम, २६ चैत ।
सहकारी क्षेत्रको दीर्घकालीन रणनीतिक योजना तर्जुमाका लागि प्रदेशस्तरीय कार्यशाला आजबाट जनकपुरधाममा सुरू भएको छ ।
राष्ट्रिय सहकारी बोर्डद्वारा आयोजित कार्यशालामा प्रदेश नं– २ का सहकारी अभियन्ता, प्राध्यापक, सहकारीका सदस्य, उद्यमी र सञ्चारकर्मीको सहभागिता रहेको छ ।
कार्यशालाले सहकारी क्षेत्रलाई व्यावसायिक बनाउदै प्रतिस्पर्धात्मक क्षमता एवम् उत्पादकत्व अभिवृद्धि गरी गुणात्मक र तुलनात्मक लाभको स्थितिमा पु¥याउने, उपलब्ध स्रोत, श्रम, सीप र पुँजीको अधिकतम परिचालन गरी उद्यमशीलता र रोजगारीको उलेख्य अभिवृद्धि गर्न २० वर्षे रणनीतिको तर्जुमा गर्ने छ ।
सहकारी क्षेत्रको दीर्घकालीन रणनीतिक योजनाले आगामी २० वर्षमा नेपालको गाहर््स्थ्य उत्पादनमा सहकारी क्षेत्रको योगदान २० प्रतिशत पुगेको हुने, सहकारी संस्थाको कूल बचत रू १२ खर्ब भन्दा बढी हुने, सहकारी सदस्य सङ्ख्या वद्धि भई दुई करोड भन्दा बढी हुने, सहकारी संस्थाको कूल लगानी रू ११ खर्ब भन्दा बढी हुने उपलब्धि हासिल हुने लक्ष्य लिएको छ ।
त्यस्तै सहकारी संस्थाद्वारा २० लाखभन्दा बढी सहकारी सदस्यलाई प्रत्यक्ष एवम् अप्रत्यक्ष रोजगारी उपलब्ध हुने, सहकारीको विकासका लागि ५० प्रतिशत भन्दा बढी सदस्यले संस्थागत शिक्षा, तालिम तथा अभिमूखीकरण लिएको हुने र सहकारी शिक्षाको विकासका लागि विभिन्नस्तरका शैक्षिक पाठ्यक्रममा सहकारी शिक्षालाई समावेश हुने अपेक्षित उपलब्धि हासिल हुने विश्वास लिएको छ ।
सो अवसरमा बोर्डका सह अध्यक्ष सरोजकुमार शर्माले मुलुकको दिगो तथा समतामूलक आर्थिक एवम् सामाजिक रूपान्तरणका लागि सवल र सक्षम सहकारी प्रणालीको विकास गर्ने उद्देश्यले २० वर्षे रणनीतिक योजना तर्जुमा गर्न लागेको जानकारी दिनुभयो ।
बोर्ड सदस्य रामचन्द्र कुशवाहा र दीपक कोइरालाले सहकारीलाई परिपक्क बनाउने अभियानमा सबै पक्षको अग्रसरताको खाँचो औंल्याउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी