निर्वाचन निर्धा्रित समयमै हुन्छ : राज्यमन्त्री गुरुङ

निर्वाचन निर्धा्रित समयमै हुन्छ : राज्यमन्त्री गुरुङ

  • शनिबार, चैत्र २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

चितवन, २६ चैत । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले स्थानीय तहको निर्वाचन निर्धा्रित समयमै हुने बताउनुभएको छ ।
प्रजातान्त्रिक विचार समाज चितवनले आज आयोजना गरेको कार्यक्रममा सरकारले आवश्यक सम्पूर्ण तयारी सुरु गरिसकेकोले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने बताउनु भयो ।
राज्यमन्त्री गुरुङले अब निर्वाचनलाई कसैले टारेर टार्न नसक्ने बताउँदै लोकतन्त्रलाई संस्थागत गर्नका लागि स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको बताउनु भयो ।
निर्वाचनमा काँग्रेसको जित सुनिश्चित् गराउन नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उहाँले अहिलेको प्रतिस्पर्धा पार्टीको आन्तरिक नभइ अन्य शक्तिसँग भएकाले यसमा सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टी्भित्रको आन्तरिकद्वन्द्व अन्त्य गर्दै अघि बढ्नसकेमा मात्रै काँग्रेसको जित सुनिश्चित हुने धारणा राज्यमन्त्री गुरुङले व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ