काठमाण्डौको एघार स्थानमा जनता स्वास्थ्य केन्द्र खोल्ने सम्झौता

काठमाण्डौको एघार स्थानमा जनता स्वास्थ्य केन्द्र खोल्ने सम्झौता

  • शनिबार, चैत्र २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, २६ चैत । स्वास्थ्य मन्त्रालयले काठमाडौँ महानगरपालिकामा जनता स्वास्थ्य केन्द्र (स्वास्थ्य प्रर्वद्वन केन्द्र) खोल्न काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको छ ।
स्वास्थ्य परामर्श, आधारभुत स्वास्थ्य सेवा र प्राथमिक उपचार सेवाको एकीकृत प्याकेज पु¥याउन सरकारले प्रर्वद्वन खोल्न लागेको हो ।
स्वास्थ्य मन्त्री गगन थापाको उपस्थितिमा महानगर प्रमुख एवम् कार्यकारी अधिकृत इश्वरराज पौडेल र स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखा प्रमुख भोगेन्द्रराज डोटेलले शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
मन्त्रालय र महानगरपालिकाको साझेदारीमा पहिलो चरणमा महानगरपालिकाका ११ वटा वडामा सुरु हुन लागको हो । यो सेवा आगामी ३ बर्ष्भित्रमा सबै वडामा विस्तार गरिसक्ने योजना मन्त्रालयले बनाएको छ ।
जनता स्वास्थ्य केन्द्रवाट नसर्ने रोगको नियन्त्रण, स्वास्थ जीवनका लागि वातावरणको नियमित अनुगमन, सरुवा रोगको रोकथाम र उपचार, प्राथमिक उपचार, ल्याव परीक्षण, मातृशिशु स्वास्थ्य एवं परिवार नियोजन सेवा, प्रजनन स्वास्थ्य सेवा, खोप, पोषण, बालरोगको एकिकृत व्यवस्थापन, मानसिक रोगको परामर्श सेवा, यौन तथा प्रजनन परामर्श सेवा, वृद्धवृद्धाहरूका लागि परामर्श सेवा लगायतका परामर्श, परीक्षण र उपचार सेवा प्रदान गरिने छ ।
चावहिल, मैतिदेवी, नक्साल, कुलेश्वर, लैनचौर, पुरानो बसपार्क, मित्रनगर, डल्लु आवास, वालाजु, बाफलमा स्वास्थ्य केन्द्र खोल्ने तयारी भएको र चावहिल, कुलेश्वर लगायतका स्थानमा एक हप्ता भित्रमा सुरु गरिसक्ने बताउनु भयो ।
केन्द्रवाट योग तथा शारीरिक व्यायामका कार्यक्रम समेत सञ्चालन गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी