आयोगको संरचना विस्तार गर्नुपर्नेमा प्रमुख आयुक्त बासकोटाको जोड

आयोगको संरचना विस्तार गर्नुपर्नेमा प्रमुख आयुक्त बासकोटाको जोड

  • शनिबार, चैत्र २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

बाँके, २६ चैत ।
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बासकोटाले संयन्त्र केन्द्र देखि स्थानिय तह सम्म तीनै तहमा सूचनाको हक कार्यान्वयन गर्ने संयन्त्र स्थापना भएमा सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयन गर्नमा थप मद्दत पुग्ने बताउनु भएको छ ।
सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा आज आयोजित भेटघाट तथा छलफल कार्यक्रममा प्रमुख आयुक्त बासकोटाले नयाँ संबिधान अनुसार प्रादेशिक पुनःसंरचना अनुसार सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयन गर्ने आयोगको संरचना विस्तार गर्नुपर्ने बताउनुभयो ।
केन्द्रमा मात्र नभइ प्रदेश, स्थानीय तह, गाउँपालिकामा सूचनाको हक कार्यान्वयन गर्ने संयन्त्र स्थापना भएमा सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयन गर्नमा थप मद्दत पुग्ने उहाँको भनाई छ ।
बास्कोटाले यी निकायमा संयन्त्रको स्थापना हुनुले सुशासन, भ्रष्टाचार नियन्त्रण हुनुका साथै विकास कार्यले गतिलिने विश्वास व्यक्त गनुएभयो ।
उहाँले सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयनका लागि आयोगले निरन्तर प्रयास गर्दैआएको जानकारी गराउँदै जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीलाई कार्यान्वयन गर्न आदेशसमेत दिइसकिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागी सूचना अभियन्ता, सञ्चारकर्मी, अधिकारकर्मी लगायतले जिल्लाका सूचनाको हक सम्बन्धि अभियान, समस्या, चुनौती र कार्यान्वयनको अवस्था तथा पहलका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
केन्द्रका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख आयुक्त बासकोटालाई दोसल्ला ओढाएर स्वागत सम्मान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ