लचिलो भएर निर्वाचनमा सहभागी हुन मोर्चालाई कोइरालाको आग्रह

लचिलो भएर निर्वाचनमा सहभागी हुन मोर्चालाई कोइरालाको आग्रह

  • शनिबार, चैत्र २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

विराटनगर, २६ चैत ।
नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनका लागि हर सम्भव प्रयास भइरहेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले मोर्चालाई चुनावमा सहभागी गराउन प्रमुख दलसहित सरकार लचिलो भएको बेला मोर्चालाई पनि लचिलो भएर निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो ।
महामन्त्री कोइरालाले मोर्चालाई निर्वाचनमा सहभागी गराउन एक सातासम्म निर्वाचन सार्न सक्ने विषयमा काँग्रेस सहमत हुनसक्ने स्पष्ट पार्दे अतिवादी सोचलाई त्यागेर निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस नेतृत्वको सरकारको समयमा संविधान जारी भएको प्रशङ्ग उल्लेख गर्दै उहाँले संविधान कार्यान्यन गर्ने जिम्मेवारी काँग्रेसको रहेकाले आपूmहरु लचिलो भएको बताउनुभयो ।
महामन्त्री कोइरालाले संविधानप्रति असन्तुष्टी जनाउँदै प्रक्रिया भन्दा बाहिर रहेकाले पनि मोर्चा संविधान कार्यावन्यन गर्न नचाहेको आशङ्का व्यक्त गर्दै चौतर्फी निर्वाचनमय माहौलको सिर्जना भइसकेकाले सरकारले तोकिएको समयमै निर्वाचन गराउनुपर्ने सुझाव दिनुभयो ।
ठूलो पार्टी काँग्रेस भएकाले सरकारको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई दोस्रो मर्यादा क्रममा राख्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ