नेपाल आँखा अस्पतालको ४३ औं बार्षिक उत्सव

नेपाल आँखा अस्पतालको ४३ औं बार्षिक उत्सव

  • शनिबार, चैत्र २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

चैत्र २६, काठमाडौं । नेपाल आँखा अस्पतालको ४३ औं बार्षिक उत्सव  बिभिन्न  कार्यक्रम गरी मनाएकाे छ । अस्पतालले आज बिहान अस्पताल परिसर त्रिपुरेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पतालद्वारा निशुल्क शल्यक्रिया गरिएका ४३ जना आँखाका बिरामीको पट्टी खोली बार्षिक उत्सव कार्यक्रमको समुदघाटन गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्रीले आँखाको समस्याका कारण कोही पनि उपचारवाट बन्चित हुनु नहुने र सबैले उज्यालो देख्न पाउनु पर्ने बताउँदै आँखाका रोगीहरुलाई सर्वसुलभ तरिकाले गुणस्तरीय सेवा पु¥याउन सरकारका तर्फवाट पनि आवश्यक सहयोग रहने बताउनु भयो ।
प्रधानमन्त्रीले ४३ वर्ष अगाडि स्थापना भएको आँखा अस्पतालले हालसम्म लाखौं आँखाका विरामीहरुलाई सेवा प्रदान गर्दै हजारौंको संख्यामा दृष्टि पुनस्र्थापना गर्ने गरी आँखाको शल्यक्रिया गरेको र यो सेवालाई अझ प्रभावकारी ढंगबाट विस्तार गर्दै लगेकोमा खुशी व्यक्त गर्दै देशमा दक्ष नेत्र विशेषज्ञ तथा नेत्र सहायक उत्पादनको क्षेत्रमा समेत उल्लेखनीय योगदान पु¥याएकोमा आभार व्यक्त गर्नु भयो ।
प्रधानमन्त्रीले नेपाल आँखा अस्पतालले वृद्धवृद्धा, गरिव, असहाय तथा विपन्न वर्गलाई सहुलियत दरमा सेवा प्रदान गर्नुका साथै दूरदराजमा रहेका पिछडिएको समुदायको घरदैलोमा पुगी सेवा पु¥याउँदै आएकोमा हृदयदेखि नै कदर व्यक्त गर्नु भयो ।
प्रधानमन्त्रीले अस्पतालले पछिल्ला वर्षहरुमा आँखा उपचारको क्षेत्रमा थप प्रभावकारी र स्तरीय सेवा हासिल गर्नुको साथै आन्तरिक व्यवस्थापन लगायत सबै पक्षमा नयाँ फड्को मारेकोमा खुशी व्यक्त गर्दै सीमान्तीकृत र राज्यबाट पछाडी परेका वर्ग क्षेत्रमा सञ्चालन गर्ने कार्य र अस्पताल सञ्चालन व्यवस्थापनका लागि अन्य सहजीकरण र समन्वय सम्बन्धी कार्यमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी