दलीय छलफल छाडेर काग्रेस सभापति देउवा तीन दिने जिल्ला भ्रमणमा

दलीय छलफल छाडेर काग्रेस सभापति देउवा तीन दिने जिल्ला भ्रमणमा

  • शनिबार, चैत्र २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ ,२६ चैत ।
स्थानिय तह निर्वाचनमा मधेसी मोर्चालाई समेत सहभागी गराउने सरकारको कसरत चलिरहदा सत्तारुढ दल काग्रेसका सभापति शेरबहादुर देउवा भने जिल्ला भ्रमणमा निस्कन लाग्नुभएको छ ।
सभापति देउवा आगामि वैशाख ३१ गतेको निर्वाचनलाई लक्षीत गरेर तीन दिने जिल्ला भ्रमणका लागी सुदुरपश्चिम जान लाग्नुभएको हो ।
आन्दोलनरत संयुत्त लोकतान्त्रिक मधेसी मोर्चालाई पनि सहमतीमा ल्याउने प्रयास स्वरुप काग्रेसका शिर्ष नेता सहित प्रधानमन्त्री दाहालले छलफललाई तिब्र बनाईरहेका बेला देउवा त्यसतर्फ जान लाग्नु भएको हो ।
सभापति देउवा आज अपरान्ह तीन बजे धनगडि जाने र त्यहाँ आयोजना हुने स्थानिय तह निर्वाचन सम्बन्धि कार्यक्रममा सहभागीता जनाउनु हुनेछ ।
यस्तै उहाँले भोली रुपन्देहि र पर्सि सोमबार दाङमा हुने निर्वाचन सम्बन्धी कार्यक्रममा सहभागीता जनाउने कार्यक्रम रहेको छ ।

मुलुकमा जारी गतिरोध अन्त्य तथा मोर्चालाई सहमतीमा ल्याउने कसरत गर्नुको साटो देउवा पार्टीको चुनावि अभियानमा सहभागी हुन राजधानी बाहिर जान लागेपछि त्यसको आलोचना समेत हुन थालेको छ ।

तर काग्रेसले आवश्यक परे उहाँ जुनसुकै बेला काठमाण्डौ फर्कन सक्ने जनाएको छ । प्रधानमन्त्री दाहालसँगै सभापति देउवाले संयुक्त रुपमा मोर्चासँग छलफल गरिरहेकोले उहाँको आवश्यकता परे तत्काल फर्कने जानकारी दिदै काग्रेस नेता मिन बिश्वकर्माले दलीय छलफलमा प्रभाव नपर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ